रडस रामपुर फाईनलमा

नवलपरासी । पूर्वी नवलपरासीमा जारी युनाइटेड गोल्डकप फुटबल प्रतियोगिताको बुधबार भएको पहिलो सेमिफाइनल खेलमा रडस रामपुर विजयी भएकाे छ । भेडाबारी युवा क्लबलाई ५-१ को फराकिलो गोल अन्तर राखेर चितवनको रडस रामपुरले फाईनल यात्रा तय गरेको हो । योङ्गस्टार वातासिनो कावासोती र एभरेस्ट युवा क्लबका बीच सेमिफाइनलको दोश्रो प्रतिष्पर्धा बिहीबार हुने आयोजक युनाइटेड क्लबले जनाएको […]

Sep 12, 2024 - 09:01
 0
रडस रामपुर फाईनलमा

नवलपरासी ।

पूर्वी नवलपरासीमा जारी युनाइटेड गोल्डकप फुटबल प्रतियोगिताको बुधबार भएको पहिलो सेमिफाइनल खेलमा रडस रामपुर विजयी भएकाे छ ।

भेडाबारी युवा क्लबलाई ५-१ को फराकिलो गोल अन्तर राखेर चितवनको रडस रामपुरले फाईनल यात्रा तय गरेको हो ।

योङ्गस्टार वातासिनो कावासोती र एभरेस्ट युवा क्लबका बीच सेमिफाइनलको दोश्रो प्रतिष्पर्धा बिहीबार हुने आयोजक युनाइटेड क्लबले जनाएको छ ।

युनाइटेडको ३८ औं श्रृंखला अन्तर्गतको गोल्डकप फुटबल प्रतियोगिताको फाईनल यही भदौ २९ गते हुनेछ । प्रतियोगितामा प्रथमहुने टिमले नगद २ लाख ५० हजार नगद सहित शिल्ड तथा प्रमाणपत्र हात पार्ने छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register