मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै ओलीले भने- यो बिरालो बाँधेको जस्तो होइन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै बिरालो बाँधेको जस्तो कर्मकाण्डी नभएको बताएका छन् । बिहीबार ओलीले पूर्ववर्ती सरकारको काम लाग्ने अनुभव लिने र नलाग्ने छाड्ने पनि सुनाए । उनले भने, ‘‘यो कार्य सम्झौता श्राद्धमा एकछिन खोजेर बिरालो बाँधेको जस्तो होइन । किन बाँधेको भन्दा चलन छ । कहिलेदेखि रहेछ चलनभन्दा फेरि […]

Sep 12, 2024 - 12:47
 0
मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै ओलीले भने- यो बिरालो बाँधेको जस्तो होइन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै बिरालो बाँधेको जस्तो कर्मकाण्डी नभएको बताएका छन् ।

बिहीबार ओलीले पूर्ववर्ती सरकारको काम लाग्ने अनुभव लिने र नलाग्ने छाड्ने पनि सुनाए ।

उनले भने, ‘‘यो कार्य सम्झौता श्राद्धमा एकछिन खोजेर बिरालो बाँधेको जस्तो होइन । किन बाँधेको भन्दा चलन छ । कहिलेदेखि रहेछ चलनभन्दा फेरि पनि गर्ने भन्न खोजेको होइन ।’’

कार्यसम्पादन सम्झौतामा मन्त्रालयहरूले आर्थिक वर्ष २०८१\८२ मा गर्नुपर्ने प्रमुख काम र समयसीमा उल्लेख छ । मन्त्रीहरूले सम्झौता अनुसार काम गरेको वा नगरेको आधारमा समीक्षा हुनेछ ।

कार्यसम्पादनमा चार वटा खण्ड छ । जसमा सरकारको पहिलो १०० दिन अर्थात् कात्तिक ६ गतेसम्म सम्पन्न गरिने प्रमुख कार्य र उपलब्धिलाई उल्लेख राखिएको छ ।

दोस्रो खण्डमा माघ १७ गतेसम्म गरिने प्रमुख कार्य र उपलब्धि उल्लेख छ । तेस्रोमा आर्थिक वर्षको बाँकी समयमा हुने कारबाहीको विषय समेटिएको छ । र, चौथोमा अनुगमन तथा अन्य बुँदा छन् ।

यस्तै, प्रधानमन्त्री ओलीले मुख्यसचिवसँग पनि कार्यसम्पादन सम्झौता गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register