जीबी राईले ५० करोडको सम्पत्ति हडपेको भन्दै संसदीय समितिमा पुष्पराजको निवेदन

काठमाडौं । व्यवसायी पुष्पराज पुरुषले जीबी राईले ५० करोडको सम्पत्ति हडपेको भन्दै संसदीय समितिमा निवेदन दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी मातहतको सनातन धर्म संस्कृति संगठनको अध्यक्षसमेत रहेका पुरुषले राईले ५० करोड रुपैयाँ बराबरको सम्पत्ति कब्जा गरेको तथा आफूलाई व्यक्तिगत तवरमा १० करोड रुपैयाँ दिनुपर्ने माग गरेका छन् । तिनकुनेमा रहेको ९ आनामा बनेको २ […]

Sep 11, 2024 - 10:59
 0
जीबी राईले ५० करोडको सम्पत्ति हडपेको भन्दै संसदीय समितिमा पुष्पराजको निवेदन

काठमाडौं । व्यवसायी पुष्पराज पुरुषले जीबी राईले ५० करोडको सम्पत्ति हडपेको भन्दै संसदीय समितिमा निवेदन दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी मातहतको सनातन धर्म संस्कृति संगठनको अध्यक्षसमेत रहेका पुरुषले राईले ५० करोड रुपैयाँ बराबरको सम्पत्ति कब्जा गरेको तथा आफूलाई व्यक्तिगत तवरमा १० करोड रुपैयाँ दिनुपर्ने माग गरेका छन् ।

तिनकुनेमा रहेको ९ आनामा बनेको २ वटा घर, काभ्रे र महवानपुर ठिङ्गनका लगभग २०० रोपनी जग्गा, संगत आश्रमको नाममा भएको गोदावरीको ६ रोपनी चानचुन जग्गा, बाँडीगाउँको १४ रोपनी जग्गा, बडिखेलको २० रोपनी जग्गा र भक्तपुरको ५ रोपनी चानचुन जग्गा लगायत अन्य सहयोगी सदस्यहरुको लगानी सम्पत्ति सबै विभिन्न नाममा नामसारी गरिदिएको, तर सम्झौताअनुसार कम्पनी र सम्पत्तिहरु लिएर पछि गोकुल श्रेष्ठ र राईको मिलेमतोमा हिसाब नगरेको र कम्पनी र सम्पत्ति लिएर भागेकोले लगभग ५० करोड ठगी गरेको पुरुषको आरोप छ ।

राईको समूहले सहकारीको पैसा ऋण दिने, ऋण दिए बापत शेयर फोकटमा लिने, बिस्तारै सबै ऋणीहरुलाई धोका दिने र सम्पत्ति र कम्पनी सबै कब्जा गर्ने र ऋणीहरुलाई कुनै न कुनै कानूनी परिबन्द पारेर फसाउने गरेर मलगायत धेरैको कम्पनी र सम्पत्ति खाएकोले कारबाही गर्न माग गरेका छन् ।

पुरुष र राई एकसमय हर्बो इन्टरनेशनल प्रालिमा पार्टनर रहेका थिए । तर, पछि राई त्यस कम्पनी छोडेर सहकारीतर्फ लागेका थिए ।

निवेदन-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register