म्यानचेस्टर युनाइटेडका म्यानेजर एरिक टेन हागले क्रिस्टियानो रोनाल्डोले भने – उनी साउदीमा छन्, म्यानचेस्टरबाट धेरै टाढा

काठमाडौं । म्यानचेस्टर युनाइटेडका म्यानेजर एरिक टेन हागले क्रिस्टियानो रोनाल्डोको आलोचनालाई खारेज गर्दै क्लबको उद्देश्यमा कुनै कमी नरहेको बताएका छन् । रोनाल्डोले एक अन्तर्वार्तामा टेन हागको प्रिमियर लिग जित्न लामो समय लाग्ने भनाइले गलत सन्देश दिएको बताएका थिए । टेन हागले रोनाल्डोको विचारलाई उनको निजी मतका रूपमा लिएको बताउँदै क्लबको लक्ष्य र योजनामा दृढ रहेको […]

Sep 13, 2024 - 02:27
 0
म्यानचेस्टर युनाइटेडका म्यानेजर एरिक टेन हागले क्रिस्टियानो रोनाल्डोले भने – उनी साउदीमा छन्, म्यानचेस्टरबाट धेरै टाढा

काठमाडौं । म्यानचेस्टर युनाइटेडका म्यानेजर एरिक टेन हागले क्रिस्टियानो रोनाल्डोको आलोचनालाई खारेज गर्दै क्लबको उद्देश्यमा कुनै कमी नरहेको बताएका छन् ।

रोनाल्डोले एक अन्तर्वार्तामा टेन हागको प्रिमियर लिग जित्न लामो समय लाग्ने भनाइले गलत सन्देश दिएको बताएका थिए । टेन हागले रोनाल्डोको विचारलाई उनको निजी मतका रूपमा लिएको बताउँदै क्लबको लक्ष्य र योजनामा दृढ रहेको बताएका हुन् ।

पूर्व युनाइटेड टिममेट रियो फर्डिनान्डसँगको पोडकास्टमा कुरा गर्दै रोनाल्डोले टेन हागले आफ्नो गृहदेश नेदरल्याण्ड्समा प्रि–सीजन अन्तर्वार्तामा क्लबले पहिलो पटक सन् २०१३ पछि प्रिमियर लिग जित्न धेरै टाढा रहेको बताएका थिए ।

शनिबार साउथह्याम्प्टनसँगको खेलअघि उक्त अनुभवी फारवर्डको टिप्पणीबारे टेन हागले भने – हो ! उनले यही कुरा भनेका हुन् ? तपाईंले त्यो लेख राम्रोसँग पढ्नुभयो ? हगले थप भने – उनलाई आफ्नो विचार दिन अधिकार छ । यो ठिकै हो । उनी साउदीमा छन्, म्यानचेस्टरबाट धेरै टाढा ।

ब्राइटन र लिभरपुलसँग लगातार पराजय पछि युनाइटेड साउथ ह्याम्प्टन जाँदैछ । त्यहाँ पराजित भएमा १९८६–८७ यता, जब रोन एटकिन्सन बर्खास्त भएका थिए र सर एलेक्स फर्ग्युसनले प्रतिस्थापन गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register