भावी प्रधानन्यायाधीशबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्दैछ । आज साँझ ५ बजे बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि बुधबार बस्ने गरी बैठक बोलाइएको थियो । तर, आज साँझ बस्ने गरी उक्त बैठक सारिएको थियो । सर्वोच्च अदालतका भावी प्रधानन्यायाधीशको विषयमा छलफलका लागि बैठक बोलाइएको हो । न्यायपरिषद्ले संवैधानिक परिषद्‌मा यसअघि नै ८ […]

Sep 13, 2024 - 07:52
 0
भावी प्रधानन्यायाधीशबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्दैछ । आज साँझ ५ बजे बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि बुधबार बस्ने गरी बैठक बोलाइएको थियो । तर, आज साँझ बस्ने गरी उक्त बैठक सारिएको थियो । सर्वोच्च अदालतका भावी प्रधानन्यायाधीशको विषयमा छलफलका लागि बैठक बोलाइएको हो ।

न्यायपरिषद्ले संवैधानिक परिषद्‌मा यसअघि नै ८ जनाको नाम पठाइसकेको छ । आजको बैठकमा उक्त सूचीमा छलफल हुनेछ ।

वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले २० असोजमा उमेरहदका कारण अवकाश पाउँदै छन् । अध्यक्ष प्रचण्डले आजै सिफारिस गर्न प्रस्ताव गरेका छन् ।

यसअघि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको तयारीबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register