बलात्कार मुद्दामा छुटेर धम्की दिएका भनिएका आरोपित नै न्याय माग्दै प्रहरीमा, पीडित युवती किन गइनन् ?

धम्की आएको भन्दै युवतीले स्क्रिनसर्ट फेसबुकमा पोस्ट गरेकी थिइन् । तर, अहिले फेसबुकबाट हटाएकी छिन् । किन हटाइन् ? उनले बताएकी छैनन् । रहस्यको कुरा, आरोपितले यसरी धम्की दिँदा ती युवती प्रहरीमा पनि गएकी छैनन् ।

Sep 17, 2024 - 13:32
 0
बलात्कार मुद्दामा छुटेर धम्की दिएका भनिएका आरोपित नै न्याय माग्दै प्रहरीमा, पीडित  युवती किन गइनन् ?

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशमा जेल गएपछि उच्च अदालत पाटनको आदेशमा छुटेका एक आरोपितले पीडितलाई धम्काएको भन्दै सामाजिक सञ्जालमा पोस्ट भएको घटना साइबर ब्यूरोसम्म पुगेको छ ।
तर, धम्की आएको भनेर बताउने पीडित नभई आरोपित चाहिँ उल्टो ‘न्याय माग्दै’ पुगेका हुन् । ‘अदालतलाई १० लाख रुपैयाँमा किनेको भन्दै गएको म्यासेज आफूले नगरेको र मोबाइलसहित झिकाएर अनुसन्धान गराइँ पाउँ’ भन्दै उजुरी परेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

काठमाडौंका बस्नेत थरका ती युवा बलात्कार मुद्दामा पक्राउ परेका थिए । पर्याप्त आधार कारण नदेखिएको भन्दै उच्च अदालत पाटनबाट छुटेका थिए ।

केही स्कृनसर्टसहित भिडिओ बनाएर गरिएको पोस्ट युवतीले नै अहिले फेसबुकबाट हटाएकी छिन् । किन हटाइन् ? उनले बताएकी छैनन् ।

आरोपित जेलबाट छुटेपछि आफूलाई मोबाइलमा म्यासेजमार्फत धम्की आएको पीडितले बताएकी थिइन् ।

उनले सो बारेमा साउन ६ गते (अगस्ट २१ मा) फेसबुकमा पोस्ट गरेकी थिइन् । केही स्कृनसर्टसहित भिडिओ बनाएर गरिएको पोस्ट युवतीले नै अहिले फेसबुकबाट हटाएकी छिन् । किन हटाइन् ? उनले बताएकी छैनन् । रहस्यको कुरा, आरोपितले यसरी धम्की दिँदा ती युवती प्रहरीमा पनि गएकी छैनन् ।

आरोपितले मोबाइल नम्बर ९८१३७४७८ **  मार्फत् मेसेज र फोनमार्फत् लगातार धम्की दिएको पीडित युवतीको आरोप थियो ।

पीडित युवतीलाई आएको भनिएको म्यासेज

युवतीले आफ्नै फेसबुक एकाउन्टमा सार्वजनिक गरेको एउटा म्यासेजमा भनिएको थियो, “तेरो हाइकोर्ट १० लाखमा किन्दिएँ मैले ।”

धम्कीको स्क्रिनसर्ट फेसबूकमार्फत् सार्वजनिक भरेपछि आरोपितले त्यो सीम आफ्नो रहेको तर, पहिल्यै बन्द भइसकेको दाबी गरेका छन् । त्यसबारे  उजुरी परेको साइबर ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

उनले नेपालभ्युजसँग फोनमा भने, ‘‘महिना दिन अगाडि ती युवा आएर युवतीविरुद्ध मुद्दा दिनुभएको थियो । तर, उहाँको उजुरीमा केके लेखिएको छ भन्ने डिटेलमा बताउन त उजुरी नै हेर्नुपर्छ । उहाँहरूको विवरण हेर्दा साइबर मुद्दाभन्दा पनि मानहानी लाग्ने देखिन्थ्यो । हामीले त्यसबारे अदालत जान सुझाव दिएका थियौँ । थप सहयोग हामी गर्न तयार छौँ भनेका छौँ ।’’

आफूले म्यासेज नगरेको र पीडितले फेक स्क्रिनसर्ट बनाएर पोस्ट गरेको भन्दै आफूले उजुरी दिएको आरोपित युवाको जिकिर छ ।

बलात्कार मुद्दामा छुटेपछि आरोपितको धम्की- तेरो अदालत १० लाखमा किन्दिएँ !

ती युवा भन्छन् ‘‘२१ अगस्टमा उनले फेसबुकमा पोस्ट गरेपछि म भोलिपल्टै २२ अगस्टमा साइबरब्यूरो गएर उजुरी दिएको छु । तर, मानहानी मुद्दा लिएर जिल्ला अदालत जान भनियो । म मुद्दा दर्ता गराउने प्रक्रियामा छु ।’’

ती युवाले महिनादिन पुग्दासम्म किन अदालतमा मुद्दा हालेनन्, यो पनि रहस्यमै छ । युवा भने मुद्दा दर्ता गराउने प्रक्रियामै रहेको जिकिर गर्छन् ।

ती युवाले महिनादिन पुग्दासम्म किन अदालतमा मुद्दा हालेनन्, यो पनि रहस्यमै छ । युवा भने मुद्दा दर्ता गराउने प्रक्रियामै रहेको जिकिर गर्छन् । तर, म्यासेज आफूले नगरेको र पीडितले मोबाइलमा देखाउन नसक्ने युवाको दाबी छ ।

 

पीडित युवती किन गइनन् प्रहरीमा ?

आफ्नो उजुरीमाथि छानबिन गर्न प्रहरीले युवतीलाई मोबाइल लिएर आउन आग्रह गरेको तर, युवती नआएकी युवाको आरोप छ ।

पीडित युवतीले भने आफू ‘उपद्रव’ मुद्दामा हिरासत परेका कारण जान नपाएको बताएकी छिन् । साथै उनले भाइलाई साइबर ब्यूरोमा पठाएको बताइन् ।

पीडित युवतीले आरोपितबाट आएको धम्कीको म्यासेज वास्तविक रहेको भन्दै मोबाइल नै सार्वजनिक गर्न सक्ने बताएकी छिन् ।

उनी भन्छिन्, ‘‘मलाई प्रहरीबाट फोन आएको थियो । त्यो पनि अर्कै युवतीको उजुरीको थियो, ती आरोपित युवाको थिएन । म प्रहरीमा जाने तयारी गर्दै थिएँ । तर मेरो मोबाइल खोसेर म्यासेज डिलिट गर्लान् कि भन्ने डर पन थियो । तर, भोलिपल्ट प्रहरीले मलाई अर्कै मुद्दामा पक्राउ गर्‍यो । यसकारण म प्रहरीमा जान पाइन, मेरो साटो छलफलमा मेरो भाइलाई पठाएँ । यदि त्यो मुद्दामा ममाथि अनुसन्धान हुन्थ्यो भने मलाई पक्राउ गरेकै बेलामा किन साइबर ब्यूरो लगिएन ? मैले गलत गरेको हुन्थ्यो भने मलाई किन फेरि पक्राउ गरिएन ? किन छाडियो ?’’

 

धम्की  आएकै हो त ?

२०८० चैत २५ गते युवतीले प्रहरी वृत्त बानेश्वरमा दिएको जाहेरीपछि आरोपित युवा तत्कालै पक्राउ परेका थिए ।

२५ दिनसम्म जिल्ला अदालत काठमाडौंको हिरासतमा रहेका उनलाई सरकारी वकिल कार्यालय, काठमाडौंले १९ दिनमा मुद्दा दायर गरेपछि पुर्पक्षका लागि जेल चलान भए ।

प्राप्त प्रमाण र आधारका कारण जिल्ला न्यायाधीशले थुनामै राख्न आदेश दिएपछि बस्नेतका वकिल उच्च अदालत पाटन गएका थिए ।

पुर्पक्षमा राख्न आदेश आएपछि आफूलाई भेट्न जाहेरवाली युवती जेलमै आएकी आरोपित युवा बताउँछन् ।

त्यही क्रममा युवतीले आरोपितबाट आफूलाई जेलबाटै धम्की आएको भन्दै गलत प्रचार गरेको आरोपितको गुनासो छ । त्यही क्रममा उच्च अदालत पाटनले आफूलाई असार १३ गते ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्‍यो ।

रिहापछि आफू चुप लागेको बसेको आरोपित युवाको जिकिर छ । उता युवती भने तारान्तार धम्की आइरहेको गुनासो गरिरहेकी छिन् ।

आरोपितको भाइले समेत फोनमार्फत धम्की दिएको युवतीले बताएकी छन् । उनी भन्छिन्, ‘‘उसको भाइले समेत धम्की दिइरहेको छ । केस फिर्ता लीग् भनेर मुख छाडेर बोलेको थियो ।’’

 

यसरी पुगेकी थिइन् पीडित नै हिरासत

गाडी फुटाएको झुटो आरोपमा आरोपित युवाले आफूलाई हिरासतमा राखेका पीडित युवतीले नेपालभ्युजसँग गुनासो गरेकी थिइन् ।

आरोपित युवाले अर्की युवती प्रयोग गरेर आफूविरुद्ध असार १३ गते ‘आपराधिक उपद्रव’ मुद्दामा महाराजगन्ज वृत्तमा जाहेरी दिएका पीडितले बताए पनि नेपालभ्युजलाई प्राप्त सीसीटीभी फुटेजमा पीडित भनिएकी युवतीले गाडीको सीसा फुटाइरहेको देखिन्छ ।

सीसीटीभी फुटेज, जहाँ पीडित भनिएकी युवतीले आरोपित युवाको साथीको गाडीको सीसा फुटाइरहेकी देखिन्छ ।

विशालनगरस्थित एक घरमा पीडित युवतीले प्र ३– ०१– ०२४ ७७०९ को किया कम्पनीको सेल्टर कारको अगाडि ढोकाको र पछाडिको सीसा फुटाएको प्रस्ट देखिन्छ । सो मुद्दामा युवतीलाई प्रहरीले पक्राउ गरेर १९ दिन हिरासतमा राखेको थियो ।

आफूलाई हिरासतमा राख्नुको कारण गाडीको सीसा फुटाएको नभई मुद्दा फिर्ता दिन दबाब दिनु रहेको पीडित युवतीले आरोप लगाएकी थिइन् । तर, सीसीटीभीमा प्रस्ट देखिने फुटेजले भने उनकै कुराको खण्डन गरेको देखिन्छ ।

आरोपितको आरोप- पैसा दिनुपर्छ भनेर हालियो बलात्कार मुद्दा

आरोपित युवाले भने आफूलाई फसाइएको जिकिर गर्छन् । उनका अनुसार युवतीलाई आफूले चलाइरहेको रेष्टुरेष्टको जिम्मा दिइएको थियो । जाहेरीकर्ताका अनुसार युवतीले युवालाई २५ लाख रुपैयाँको चेक दिएकी थिइन् ।

चेक साटिने दिन वैशाखको दोस्रो साता थियो । तर, चेक साट्ने दिन आउने समय नजिकिँदै गर्दा सो पैसा तिर्न नपरोस् भनेर बलात्कार मुद्दा हालिएको युवाको आरोप छ ।

सम्माननीय अदालतमा विचाराधीन मुद्दामा म बोल्न चाहन्न । मैले धम्क्याएको आरोप लगाएर मलाई मुछेर समाचार बनाउनु भइहाल्यो । मेरो पनि सामाजिक प्रतिष्ठा छ। यसैले म खण्डन गर्न बाध्य भएँ । यसैकारण बोल्दैछु । नत्र त म चुप बसेको थेँ ।

उनले नेपालभ्युजसँग भने, ‘‘सम्माननीय अदालतमा विचाराधीन मुद्दामा म बोल्न चाहन्न । मैले धम्क्याएको आरोप लगाएर मलाई मुछेर समाचार बनाउनु भइहाल्यो । मेरो पनि सामाजिक प्रतिष्ठा छ। यसैले म खण्डन गर्न बाध्य भएँ । यसैकारण बोल्दैछु । नत्र त म चुप बसेको थेँ । भएको के हो भने, सुरुमा रेस्टुरेन्ट चलाउने जिम्मा उनलाई दिएको थिएँ । त्यो बापत उनले मलाई चेक दिएकी थिएन् । चेक साटिने दिन आउनुभन्दा केही दिनअगाडि मविरुद्ध उजुरी दिएकी हुन् । मलाई पहिला पनि विभिन्न बहानामा फसाउने धम्की दिएकी थिइन् । म त्योबारे जाहेरी लिएर प्रहरी चौकी गएको थिएँ । तर, त्यो दिन शनिबार भएकाले दर्ता भएन । भोलिपल्ट जाहेरी दिन जान लाग्दा म बलात्कार मुद्दामा पक्राउ परेँ ।’’

यता जाहेरीवाला युवतीले भने आफूले आरोपितलाई पैसा दिनुनपर्ने बताएकी छिन् । र उल्टो आरोपित युवाले आफ्नो सम्पत्ति लुटेको आरोप लगाएकी छन् ।

उनी भन्छिन्, ‘‘मेरो सम्पत्ति र इज्जत दुवै लुटेर खोक्रो बनाइएको छ । मैले उसलाई कुनै पैसा दिनु छैन । मलाई डिप्रेसनमा पुर्‍याएका छन् । अनेक धम्कीले बाँच्नै नसक्ने अवस्थामा पुगिसके ।’’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register