उपसभामुख विवादबारे रास्वपा- मिल्ने भए चरक्कै निमोठिन्थ्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तारूढ गठबन्धनसम्बद्ध दलहरूले उपसभामुख इन्दिरा रानालाई हटाउन खोजिरहेको आरोप लगाएको छ । उपसभामुख रानालाई नहटाएसम्म संवैधानिक परिषद्‌मा आफ्नो बहुमत नपुग्ने भएकाले उनीहरूले हटाउन लागेको रास्वपाका कार्यवाहक महामन्त्री कुलेन्द्र बुर्लाकोटीले बताए । “संवैधानिक परिषद्‌मा आफ्नो बहुमत पुर्‍याउन र संवैधानिक निकाय र ठेक्कापट्टामा आफ्नो मान्छे भर्नका लागि उपसभामुखको गल्ती खोजिँदैछ,” […]

Sep 13, 2024 - 09:44
 0
उपसभामुख विवादबारे रास्वपा- मिल्ने भए चरक्कै निमोठिन्थ्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तारूढ गठबन्धनसम्बद्ध दलहरूले उपसभामुख इन्दिरा रानालाई हटाउन खोजिरहेको आरोप लगाएको छ ।

उपसभामुख रानालाई नहटाएसम्म संवैधानिक परिषद्‌मा आफ्नो बहुमत नपुग्ने भएकाले उनीहरूले हटाउन लागेको रास्वपाका कार्यवाहक महामन्त्री कुलेन्द्र बुर्लाकोटीले बताए ।

“संवैधानिक परिषद्‌मा आफ्नो बहुमत पुर्‍याउन र संवैधानिक निकाय र ठेक्कापट्टामा आफ्नो मान्छे भर्नका लागि उपसभामुखको गल्ती खोजिँदैछ,” कार्यवाहक मन्त्री बुर्लाकोटीले भने ।

उनले उपसभामुख रानाले गरेको भनिएको गल्ती गल्नी नै नभएको जिकिर गरे । “उपसभामुखज्यूले गल्ती गर्नुभएकै छैन । तर, दलहरूले त्यसलाई गल्ती भनेर बोलिरहनुभएको छ,” उनले भने, “हराइसकेको कुरा आफ्नो अनुकूलतामा खोजिँदैछ ।”

कार्यवाहक महामन्त्री बुर्लाकोटीले मिल्ने भए दलहरूले उहिल्यै चरक्कै निमोठिसक्ने टिप्पणी गरे । “नमिल्ने भएर मात्रै हो,” उनले भने, “यदि मिल्ने भए दलहरूले उहिल्यै चरक्कै निमोठिसक्थे ।”

कांग्रेस र एमालेले उपसभामुख रानाले राजीनामा दिनुपर्ने माग गरेका छन् । सत्तारूढ गठबन्धनमा रहेका अन्य साना दलहरूले पनि कांग्रेस-एमालेकै भनाइमा होमा हो मिलाइरहेका छन् ।

यता प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), विपक्षी दलहरू रास्वपा, नेकपा (एकीकृत समाजवादी)हरूले भने त्यसको प्रतिवाद गरिरहेका छन् ।

राना रास्वपाबाट उपसभामुख निर्वाचित भएकी हुन् । त्यससँगै उनले पार्टी सदस्यता त्यागेकी छन् ।

  • सम्बन्धित सामग्री

उपसभामुख सोध्छिन् : कांग्रेस-एमालेले भन्नेबित्तिकै मैले राजीनामा दिनुपर्ने ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register