केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम आयोजना हुने

काठमाडौँ ।  केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम आयोजना हुने भएको छ । नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटीले टेष्ट ड्राइभ कार्यक्रम यही भाद्र २९ र ३० गते आयोजना गर्ने भएको हो । भाद्र २९ गते केई सोरुम थापाथली र ३० गते केई सोरुम भाटभटेनी नक्सालमा गई केईको इलेक्ट्रिक एक्सथ्री प्रो इभी, इलेक्ट्रिक […]

Sep 13, 2024 - 11:16
 0
केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम आयोजना हुने

काठमाडौँ ।  केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम आयोजना हुने भएको छ । नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटीले टेष्ट ड्राइभ कार्यक्रम यही भाद्र २९ र ३० गते आयोजना गर्ने भएको हो ।

भाद्र २९ गते केई सोरुम थापाथली र ३० गते केई सोरुम भाटभटेनी नक्सालमा गई केईको इलेक्ट्रिक एक्सथ्री प्रो इभी, इलेक्ट्रिक ह्याचब्याक इक्युटे ०४ र इक्युटे ०२ टेष्ट ड्राइभ गर्न गर्न सक्नेछन्।

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी उपहारहरू राखिएको छ र सहभागीहरू मध्य एक जना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोस्चको मिक्सर ग्राइन्डर पाउने छन् ।

इच्छुकले केई को शोरुमा गई यस योजनामा सहभागी हुन सकिने  र यस कार्यक्रमको विस्तृत जानकारीको लागि ९८०१२०११०३ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजन अन्तर्गत बिक्री वितरण गरिएको केई चाइनिज ब्रान्ड हो । जुन नाडा अटो शोमा पहिलोपटक सार्वजनिक गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register