एमालेको सचिवालय बैठक शुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । केहीबेर अघिदेखि केन्द्रीय कार्यालय च्यासलमा बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको र त्यही कार्ययोजनालाई अन्तिमरुप दिन आज बैठक बस्न लागेको बताइएको छ । आजको बैठकमा […]

Sep 13, 2024 - 12:06
 0
 एमालेको सचिवालय बैठक शुरु

काठमाडौं ।

नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।

केहीबेर अघिदेखि केन्द्रीय कार्यालय च्यासलमा बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको र त्यही कार्ययोजनालाई अन्तिमरुप दिन आज बैठक बस्न लागेको बताइएको छ ।

आजको बैठकमा वार्षिक कार्ययोजना र तत्कालीन संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ केन्द्रीय स्मृति प्रतिष्ठान निर्माणको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register