माओवादीले भन्यो- उपसभामुख हटाउने कुरा संवैधानिक परिषद्‌सँग सम्बन्धित छ, प्रतिवाद गर्छौँ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले उपसभामुख इन्दिरा रानालाई हटाउन नहुने निष्कर्ष निकालेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको प्रमुख सचेतक हितराज पाण्डेले जानकराी दिए । “विषय अहिले जसरी उठाइएको छ, त्यो बेठीक छ । र, हामी त्यसका बारे हिजो जसरी प्रस्तुत भयौँ, उपसभामुखलाई हटाउने कुनै पनि विषयवस्तु […]

Sep 13, 2024 - 12:20
 0
माओवादीले भन्यो- उपसभामुख हटाउने कुरा संवैधानिक परिषद्‌सँग सम्बन्धित छ, प्रतिवाद गर्छौँ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले उपसभामुख इन्दिरा रानालाई हटाउन नहुने निष्कर्ष निकालेको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको प्रमुख सचेतक हितराज पाण्डेले जानकराी दिए ।

“विषय अहिले जसरी उठाइएको छ, त्यो बेठीक छ । र, हामी त्यसका बारे हिजो जसरी प्रस्तुत भयौँ, उपसभामुखलाई हटाउने कुनै पनि विषयवस्तु आयो भने त्यसरी नै प्रतिवाद गरेर जान्छौँ,” उनले भने ।

प्रमुख सचेतक पाण्डेले उपसभामुख रानाबाट गल्ती भने भएको स्वीकारे । तर, अहिले उठाइएको विषयवस्तु भने फरक रहेको उनको जिकिर छ । “जिम्मेवार ठाउँमा बसेको मान्छेले लेटरहेड प्रयोग गर्दा विचार पुर्‍याउनैपर्थ्यो तर, अहिले जसरी एकाएक कुरा उठाइयो । समग्रमा हेर्दा योचाहिँ सही छैन,” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register