कस्तो छ अमेरिकासँग सम्बन्धित मुद्दामा ह्यारिस र ट्रम्पको नीति ?

काठमाडौं । राष्ट्रपति चुनावको दिन अमेरिकी मतदाताले डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस वा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पमध्ये एक छान्नुपर्नेछ । विभिन्न मुद्दाहरूमा उनीहरु के समर्थन गर्छन् र नीतिहरू के छन् हेरौं – अर्थव्यवस्था उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदकी उम्मेदवार ह्यारिसले आफ्नो पहिलो दिनदेखि नै श्रमिक परिवारका लागि खाद्यान्न र आवासको मूल्य घटाउने […]

Sep 14, 2024 - 08:16
 0
कस्तो छ अमेरिकासँग सम्बन्धित मुद्दामा ह्यारिस र ट्रम्पको नीति ?

काठमाडौं । राष्ट्रपति चुनावको दिन अमेरिकी मतदाताले डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस वा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पमध्ये एक छान्नुपर्नेछ ।

विभिन्न मुद्दाहरूमा उनीहरु के समर्थन गर्छन् र नीतिहरू के छन् हेरौं –

अर्थव्यवस्था

उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदकी उम्मेदवार ह्यारिसले आफ्नो पहिलो दिनदेखि नै श्रमिक परिवारका लागि खाद्यान्न र आवासको मूल्य घटाउने प्रयास गर्ने बताएकी छन् ।

उनले किराना सामानको मूल्यमा अनावश्यक वृद्धिलाई प्रतिबन्ध लगाउने र पहिलो पटक घर खरिद गर्नेहरूलाई मद्दत गर्न कदम चाल्ने बताएकी छिन् । उनले थप र धेरै घरहरू निर्माण गर्न सुनिश्चित गर्ने दाबी गरेकी छन् । यसका लागि प्रोत्साहन दिने व्यवस्था मिलाइने उनको भनाइ छ ।

ट्रम्पले मुद्रास्फीति अन्त्य गर्ने वाचा गरेका छन् । उनले अमेरिकालाई फेरि सस्तोमा सामान किन्न सक्ने देश बनाउने दाबी गरे ।

ट्रम्पले ब्याजदर घटाउने वाचा गरेका छन् । तर, ब्याजदर सरकारको नियन्त्रणमा छैन । उनले अमेरिकामा बस्ने कागजपत्र नभएका आप्रवासीलाई फिर्ता पठाउँदा आवासको बोझ कम हुने र मानिसहरूले घर पाउन सक्ने दाबी गरे ।

गर्भपतन

ह्यारिसले आफ्नो चुनावी अभियानको केन्द्रमा गर्भपतन अधिकारलाई राखेकी छिन् । उनले देशभरका मानिसहरूका लागि समान प्रजनन अधिकारको लागि मार्ग प्रशस्त गर्ने कानूनलाई समर्थन गरिरहेकी छिन् ।

जबकि हालैका हप्ताहरूमा ट्रम्प आफ्नो गर्भपतन विरोधी अडानको लागि समर्थनको सन्दर्भमा संघर्ष गरिरहेको देखिन्छन् ।

ट्रम्पले आफ्नो कार्यकालमा सर्वोच्च अदालतमा नियुक्त गरेका तीनजना न्यायाधीशले सन् १९७३ को ‘रो भर्सेस वेड केस’ मा दिएको फैसलालाई उल्टाइदिएका थिए, जसमा गर्भपतनलाई संवैधानिक अधिकार भनिएको थियो ।

आप्रवासन

ह्यारिसलाई उपराष्ट्रपति रहँदा राष्ट्रपति बाइडेनले देशको दक्षिणी सीमामा आप्रवासीहरूको भीड नियन्त्रण गर्ने जिम्मेवारी दिएका थिए । उनले सीमामा अर्बौं डलरको निजी लगानी गरिन् ताकि मानिसहरूलाई आउनबाट रोक्न सकियोस् ।

सन् २०२३ को अन्तमा मेक्सिकोबाट आप्रवासीहरूको रेकर्ड संख्या सीमा पार गरेर संयुक्त राज्य अमेरिका प्रवेश गरे । तर, अहिले यो संख्या घटेको छ ।

हालको अभियानका क्रममा ह्यारिसले दक्षिण अमेरिकी देशबाट अमेरिका आउने आप्रवासीलाई लिएर कडा अडान लिएकी छन् । उनले बारम्बार जोड दिइन् की क्यालिफोर्निया अभियोजकको रूपमा आफ्नो पृष्ठभूमि मानव बेचबिखन रोक्न धेरै उपयोगी हुनेछ ।

जहाँ ट्रम्पले कथित अवैध आप्रवासीलाई रोक्न सीमा बन्द गर्ने वाचा गरेका छन् र सुरक्षा बलको तैनाथी बढाउने वकालत गरेका छन् । तर, उनले रिपब्लिकन समर्थकहरूलाई ह्यारिसले समर्थन गरेको कडा र क्रस-पार्टी सीमा विधेयकलाई समर्थन नगर्न अपील गरेका छन् ।

उनले जिते भने अमेरिकी इतिहासकै सबैभन्दा ठूलो गैरकानूनी आप्रवासीलाई देश निकाला गरिने बताए । यद्यपि, विज्ञहरूले ट्रम्पले यसो गरे त्यसलाई अदालतमा चुनौती दिन सकिने बताएका छन् ।

कर

ह्यारिस ठूला कम्पनी, उद्योग र वर्षमा चार लाख डलर कमाउने अमेरिकीहरूमा कर बढाउन चाहन्छिन् । तर, उनले मतदाताहरूलाई अमेरिकी परिवारहरूमा करको बोझ कम गर्ने धेरै कदमहरू चाल्ने वाचा गरेकी छन् । यसमा बाल कर ऋणको दायरा बढाउने जस्ता कदमहरू पनि समावेश छन् ।

अर्कोतर्फ, ट्रम्पले ट्रिलियन डलरको कर कटौतीका लागि धेरै प्रस्तावहरू राखेका छन् । ट्रम्पकाअनुसार उनको सरकारले सन् २०१७ मा कर कटौतीलाई विस्तार गरेको थियो । यी कटौतीले प्रायः धनीहरूलाई मद्दत गर्यो ।

ह्यारिस र ट्रम्प दुवैको कर योजनाले वित्तीय घाटा बढाउने विश्लेषकहरू बताउँछन् । तर, ट्रम्पको योजनाले ह्यारिसको योजनाभन्दा सरकारी खजानामा बढी भार पर्नेछ ।

विदेश नीति

ह्यारिसले रूससँगको युद्धमा युक्रेनलाई दिएको सहयोग जारी रहने बताएकी छन् । उनले जितिन् भने २१औं शताब्दी चीनको नभई अमेरिकाको होस् भन्ने कुरा सुनिश्चित गर्ने बताइन् ।

ह्यारिस लामो समयदेखि इजरायल-प्यालेस्टाइन मुद्दामा दुई-राज्य सिद्धान्तको समर्थक थिइन् । गाजामा युद्ध जतिसक्दो चाँडो अन्त्य हुनुपर्ने उनी बताउँछिन् ।

जबकि ट्रम्प एक पृथक विदेश नीतिको वकालत गर्दछन् । उनी अमेरिकालाई संसारको कुनै पनि ठाउँमा हुने द्वन्द्वबाट टाढा राख्न चाहन्छन् । उनले रूससँग सम्झौता गरेर २४ घण्टामा युक्रेन युद्ध अन्त्य गर्ने बताएका छन् ।

जबकि डेमोक्रेटिक पार्टीले यसबाट रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बलियो बनाउने बताएको छ । ट्रम्पले आफूलाई इजरायलको कट्टर समर्थकका रूपमा प्रस्तुत गरेका छन्

तर, उनले गाजा युद्धको अन्त्य कसरी गर्ने भन्ने बारेमा धेरै थोरै भनिएको छ ।

व्यापार

ह्यारिसले हरेक आयातमा कर लगाउने ट्रम्पको नीतिको आलोचना गरेकी छन् । उनले यसलाई राष्ट्रिय कर भनेकी छन्, जसले देशका परिवारलाई वार्षिक ४ हजार रूपैयाँको भार व्येहोर्नु पर्नेछ ।

ह्यारिसले आयातमा ट्यारिफ पनि लगाउन सक्छिन् तर, यस अवस्थामा उनी चयन गरिएका वस्तुहरूमा यो कर लगाउन चाहन्छिन् ।

ट्रम्पले करलाई आफ्नो चुनावी अभियानको मुख्य नारा बनाएका छन् । विदेशबाट आउने सामानमा १० देखि २० प्रतिशत महसुल लगाउने उनले बताए । जबकि चीनबाट आउने सामानमा पनि उच्च शुल्क लगाइनेछ ।

जलवायु परिवर्तन

उपराष्ट्रपतिको हैसियतमा ह्यारिसले मुद्रास्फीति कम गर्न कानून पारित गर्न मद्दत गरिन् । मुद्रास्फीति न्यूनीकरण ऐनका कारण नवीकरणीय ऊर्जा क्षेत्र, विद्युतीय सवारी साधन कर ऋण र छुट कार्यक्रममा अर्बौं डलर दिइएको थियो ।

ट्रम्प राष्ट्रपति हुँदा उनले सयौं वातावरण संरक्षण नियमहरू फिर्ता लिएका थिए । यसमा पावर प्लान्टहरू र सवारी साधनहरूबाट कार्बन डाइअक्साइड उत्सर्जन कम गर्ने कानून पनि समावेश छ ।

आफ्नो हालको अभियानमा, उनले आर्कटिकमा ड्रिलिंग बढाउने वाचा गरेका छन् । उनीहरूले विद्युतीय गाडीलाई निशाना बनाएका छन् ।

स्वास्थ्य सेवा

ह्यारिस ह्वाइट हाउस प्रशासनको एक हिस्सा थिइन्, जसले प्रिस्क्रिप्शन ड्रग्सको मूल्य घटायो र इन्सुलिनको मूल्य ३५ डलरमा तय गर्यो ।

जहाँ ट्रम्पले आफ्नो राष्ट्रपतिकालमा खारेज गरेको अफोर्डेबल केयर ऐनलाई पुनर्स्थापित नगर्ने बताएका छन् । यो कानूनले लाखौं मानिसहरूलाई चिकित्सा बीमा प्रदान गरेको छ ।

करदाताको पैसा प्रजनन उपचारमा खर्च हुने उनले बताए । तर, रिपब्लिकनहरूले मात्र संसद्‌मा यस्तो योजनाको विरोध गर्नेछन् ।

अपराध

ह्यारिसले आफ्नो अभियोजक हुँदाको अनुभवलाई ट्रम्पलाई अपराधमा दोषी ठहर गरेको तथ्यसँग तुलना गर्ने प्रयास गरेकी थिइन् ।

जबकि ट्रम्पले लागूऔषध कार्टेलको अन्त्य गर्ने र गिरोहहरू बीचको हिंसालाई कुचल्ने वाचा गरेका छन् । प्रजातान्त्रिक पार्टीले शासन गरेका सहरलाई नयाँ आकार दिने उनको भनाइ छ । यी सहरहरूमा धेरै अपराध भएको ट्रम्पको विश्वास छ ।

बीबीसीको सहयोगमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register