पत्रकार महासंघको निर्वाचन असोज १२ गते, यस्तो छ कार्यतालिका

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचन कार्यतालिका प्रकाशित भएको छ । शनिबार महासंघ केन्द्रीय निर्वाचन समितिले कार्यतालिका प्रकाशित गरेको हो । कार्यतालिका अनुसार भदौ २९ गते साँझ मतदाता नामावली प्रकाशन, असोज ४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, असोज ४ गते साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । […]

Sep 14, 2024 - 16:56
 0
पत्रकार महासंघको निर्वाचन असोज १२ गते, यस्तो छ कार्यतालिका

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचन कार्यतालिका प्रकाशित भएको छ । शनिबार महासंघ केन्द्रीय निर्वाचन समितिले कार्यतालिका प्रकाशित गरेको हो ।

कार्यतालिका अनुसार भदौ २९ गते साँझ मतदाता नामावली प्रकाशन, असोज ४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, असोज ४ गते साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

त्यस्तै असोज ४ गते साँझ ५ बजेदेखि असोज ५ गते अपराह्न २ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध, ४ गते साँझ ५ बजेदेखि असोज ५ गते ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, असोज ५ गते ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, असोज १२ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान र १२ गते मतदान कार्य समाप्त भएपश्चात् मतगणना हुने महासंघले  जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register