यमनको बाढीमा १६ को मृत्यु, खोजी जारी

काठमाडौं । यमनको विद्रोही नियन्त्रित जिल्लामा आएको बाढीमा परी कम्तीमा १६ जनाको मृत्यु भएको र बेपत्ता भएका अन्यको खोजी कार्य जारी रहेको विद्रोही सञ्चारमाध्यमले बिहीबार बताएको छ । इरान समर्थिक हुथी विद्रोहीहरूको अल–मसिरा टेलिभिजनले एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै नागरिक सुरक्षा टोलीले राजधानी सनाको पश्चिममा अल–महवित प्रान्तमा बेपत्ता भएका ३८ मध्ये १६ को शव फेला […]

Aug 30, 2024 - 01:03
 0
यमनको बाढीमा १६ को मृत्यु, खोजी जारी

काठमाडौं । यमनको विद्रोही नियन्त्रित जिल्लामा आएको बाढीमा परी कम्तीमा १६ जनाको मृत्यु भएको र बेपत्ता भएका अन्यको खोजी कार्य जारी रहेको विद्रोही सञ्चारमाध्यमले बिहीबार बताएको छ ।

इरान समर्थिक हुथी विद्रोहीहरूको अल–मसिरा टेलिभिजनले एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै नागरिक सुरक्षा टोलीले राजधानी सनाको पश्चिममा अल–महवित प्रान्तमा बेपत्ता भएका ३८ मध्ये १६ को शव फेला पारेको बताएको छ ।

प्रान्तको मेलहान जिल्लामा मङ्गलबार राति मुसलधारे वर्षाले पहिरो जाँदा घर र व्यवसायमा केही व्यक्तिलाई पुरेको थियो ।

विद्रोही प्रशासनका उपप्रधानमन्त्री मोहममद मिफ्ताहले अल–मसिरालाई भने –बाढीले सडक बन्द हुँदा उद्धार टोलीहरूको आगमनमा धेरै घन्टासम्म अवरोध भयो ।

एक सातादेखि उच्च पहाडी प्रान्तहरूमा भइरहेको अविरल वर्षाले लाल सागर तटस्थित छिमेकी होडेडा प्रान्तलाई पनि प्रभावित बनाएको छ ।

पश्चिमी यमनका पहाडहरू भारी मौसमी वर्षाको जोखिममा छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार जुलाईको अन्त्यमा अचानक आएको बाढीले यमनमा ६० जनाको मृत्यु भएको छ भने दुई लाख ६८ हजार प्रभावित भएका छन् ।

आगामी महिनाहरूमा मध्य उच्च भूमि, लाल सागरको तटीय क्षेत्र र दक्षिणी माथिल्लो भूभागका केही क्षेत्रमा तीन सय मिलिमिटर (१२ इन्च) भन्दा धेरै अभूतपूर्व स्तरमा वर्षा हुने अपेक्षा गरिएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमबार चेतावनी दिएको थियो ।

राष्ट्रसङ्घले यसै महिनाको प्रारम्भमा युद्धग्रस्त यमनमा चरम मौसमको आपत्कालीन प्रतिक्रिया मापन गर्न तत्काल ४९ लाख डलरको आवश्यकता रहेको चेतावनी दिएको थियो ।

जलवायु परिवर्तनका कारण विद्रोहीहरूको नियन्त्रणमा रहेको अधिकांश यमनी उच्च क्षेत्रमा मौसमी वर्षाको आवृत्ति र तीव्रता बढिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register