बङ्गलादेशमा चरम लोडसेडिङ, जनजीवन प्रभावित

ढाका । विगत केही दिनदेखि बङ्गलादेशमा ठूलो परिमाणमा लोडसेडिङ हुँदा जनजीवन प्रभावित भएको छ । डलरको सङ्कटका कारण इन्धन आपूर्ति हुन नसक्दा विद्युत् गृहमा उत्पादन घटेको अधिकारीहरूले बताएका छन् । यसका साथै इन्धन आयातमा निर्भरताका कारण सरकारले निजी ऊर्जा कम्पनीहरूको बक्यौता पनि बढाइरहेको छ । जसका कारण मागअनुसार विद्युत् उत्पादन हुन सकिरहेको छैन । ऊर्जा […]

Sep 15, 2024 - 00:56
 0
बङ्गलादेशमा चरम लोडसेडिङ, जनजीवन प्रभावित

ढाका । विगत केही दिनदेखि बङ्गलादेशमा ठूलो परिमाणमा लोडसेडिङ हुँदा जनजीवन प्रभावित भएको छ ।

डलरको सङ्कटका कारण इन्धन आपूर्ति हुन नसक्दा विद्युत् गृहमा उत्पादन घटेको अधिकारीहरूले बताएका छन् ।

यसका साथै इन्धन आयातमा निर्भरताका कारण सरकारले निजी ऊर्जा कम्पनीहरूको बक्यौता पनि बढाइरहेको छ । जसका कारण मागअनुसार विद्युत् उत्पादन हुन सकिरहेको छैन ।

ऊर्जा विज्ञहरूले शेख हसिनाको सरकारले छोडेको आर्थिक विनाशले सम्पूर्ण विद्युत उद्योगलाई गम्भीर सङ्कटमा पारेको बताएका छन्।

अहिलेको अवस्थामा अन्तरिम सरकारले यस शीर्षकमा प्राथमिकताका आधारमा रकम विनियोजन गर्नुपर्ने छ । पूर्ण भुक्तानी सम्भव नभए पनि निर्वाध विद्युत् आपूर्ति कायम गर्न आवश्यक रकम विनियोजन गर्नुपर्नेछ ।

ऊर्जा तथा ऊर्जा सल्लाहकार मोहम्मद फुजुल कबिर खानले सङ्कट समाधानका लागि समयमै कदम चालिएको बताए । इन्धन आयातको रकम डलरमा भुक्तानी भइरहेको उनले बताएका छन् ।

बङ्गलादेशको विद्युत् अभावको मूल कारण डलर को सङ्कट रहेको उद्योगका जानकारहरू बताउँछन् । यसले गर्दा अन्य सबै समस्यापनि उत्पन्न भएका छन् ।

उनले भने –अघिल्लो सरकारले सोचविचार नै नगरी सुरु गरेका विद्युत् आयोजनाको मार आम नागरिकले भोगिरहेका छन् ।

बङ्गलादेशको हालको विद्युत् उत्पादन क्षमता २७ हजार मेगावाटभन्दा बढी भए पनि आन्तरिक माग भने १६ हजार मेगावाटभन्दा कम छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register