‘साना डिजिटल कारोबार निःशुल्क गर्नेबारे छलफल गर्दैछु’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल बैंकिङ कारोबार निःशुल्क गर्नेबारे छलफल गरिरहेको बताएका छन् । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै प्रम ओलीले मोबाइल बैंकिङ प्रयोग गरेर हुने साना कारोबारलाई निःशुल्क गर्ने विषयमा आफूले सम्बन्धित अधिकारीसँग छलफल गरिरहेको बताएका हुन् ।  ओलीले लेखेका छन्– ‘साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा म […]

Sep 15, 2024 - 03:56
 0
‘साना डिजिटल कारोबार निःशुल्क गर्नेबारे छलफल गर्दैछु’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल बैंकिङ कारोबार निःशुल्क गर्नेबारे छलफल गरिरहेको बताएका छन् । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै प्रम ओलीले मोबाइल बैंकिङ प्रयोग गरेर हुने साना कारोबारलाई निःशुल्क गर्ने विषयमा आफूले सम्बन्धित अधिकारीसँग छलफल गरिरहेको बताएका हुन् । 

ओलीले लेखेका छन्– ‘साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दैछु ।’

जाजरकोटका अबिन बिकेले दैनिक रुपमा सय/पचास रुपैयाँका दरले दिनमा ५/६ पटक कारोबार गर्ने तर उक्त कारोबारमा लाग्ने ११ रुपैयाँ ३० पैसा चार्जले मासिक २ हजारदेखि २२०० सम्म खर्च भएको भन्दै गरेको गुनासोलाई आधार मान्दै ओलीले यो एकजना मात्रै नभएर सबैको समस्या भएको भन्दै त्यसको समाधानतर्फ छलफल गरिरहेको बताएका छन् । 

त्यस्तै, प्रम ओलीले हरेक नागरिकलाई आफ्ना समस्या सरकारलाई जानकारी गराउन र सरकारलाई सँधै झकझकाउन पनि आग्रह गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register