इन्द्रजात्रा: हनुमानढोका दरबार क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई (फोटो-कथा)

काठमाडौँ । इन्द्र जात्राको प्रमुख दिन हनुमानढोका दरबार क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । जीवित देवी कुमारी, भैरव र गणेशको रथ तान्ने आज पहिलो दिन देशका प्रमुखहरूको उपस्थिति रहने हुनाले सुरक्षा व्यवस्था कडा पारिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र […]

Sep 17, 2024 - 09:28
 0
इन्द्रजात्रा: हनुमानढोका दरबार क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई (फोटो-कथा)

काठमाडौँ । इन्द्र जात्राको प्रमुख दिन हनुमानढोका दरबार क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । जीवित देवी कुमारी, भैरव र गणेशको रथ तान्ने आज पहिलो दिन देशका प्रमुखहरूको उपस्थिति रहने हुनाले सुरक्षा व्यवस्था कडा पारिएको हो ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । बाँकी तस्विरमा हेर्नुहोस् :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register