नारायणकाजीको दाबी- यो सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको पुष्टि भयो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको पुष्टि भएको दाबी गरेका छन् । स्व. नेता पोष्टबहादुर बोगटी स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “हामीले जसरी सुशासनका पक्षमा र भ्रष्टाचारविरुद्ध काम गर्न खोजेका थियौँ । त्यसलाई सहन गर्न नसकेर भ्रष्टाचारीलाई ढाकछोप […]

Sep 15, 2024 - 10:00
 0
नारायणकाजीको दाबी- यो सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको पुष्टि भयो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको पुष्टि भएको दाबी गरेका छन् ।

स्व. नेता पोष्टबहादुर बोगटी स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “हामीले जसरी सुशासनका पक्षमा र भ्रष्टाचारविरुद्ध काम गर्न खोजेका थियौँ । त्यसलाई सहन गर्न नसकेर भ्रष्टाचारीलाई ढाकछोप गर्न यो सरकार बनेको हो भन्ने स्थापित भयो,” उनले भने ।

उनले अगाडि भने, “पछिल्लोपटक हाम्रो नेतृत्वमा बनेको सरकारले कुनै गल्ती नगर्ने, देश र जनताको पक्षमा काम गर्ने, देश र जनताको पक्षमा काम गर्दा सरकारबाट निस्किनुपर्ने भएछ भने सहज रूपले स्वीकार गरेर फेरि जनतामै जाने नीति लिएर सरकारको काम गर्‍यौँ । र, हामीले गरेको कामलाई जनताले राम्रो भने र तिमीहरूले गर्न खोजेकै हो भनेर जनताले भनेका छन् ।”

उनले आफ्नो पार्टी वर्गका साथ जनतामा गएको जिकिर गरे । अरु पार्टीहरू भएको भए सरकारबाट बाहिरिएको दुई/चार महिनासम्म जनतामै जानै नसक्ने बताए । “अरु दलहरू सरकारबाट बाहिर निस्केपछि दुई/चार महिना अनुहार देखाउन सक्दैनथे । हाम्रो पार्टी मात्रै त्यस्तो पार्टी हो, जो सरकारबाट विराट निस्क्यो । सहर्ष रूपमा निस्क्यो,” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register