भोटेकोशीमा बोलेरो खस्दा बेपत्ता चालकको शव फेला

काठमाडौं । भोटेकोशी नदीमा बोलेरो जिपसहित बेपत्ता भएका चालकको शव फेला परेको छ । गत भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानी स्थित भोटेकोसी नदीमा बोलेरो गाडी खसेर बेपत्ता चालकको शव फेला परेको हो । उक्त गाडीका चालक भोटेकोशी गाउँपालिका-५ सानु तामाङको शव  सिन्धुलीको फिक्कल गाउँपालिका-६ स्थित सुनकोशी नदीबाट सशस्त्रको टोलीले सोमबार निकालेको जनाएको छ। […]

Sep 17, 2024 - 04:42
 0
भोटेकोशीमा बोलेरो खस्दा बेपत्ता चालकको शव फेला

काठमाडौं ।

भोटेकोशी नदीमा बोलेरो जिपसहित बेपत्ता भएका चालकको शव फेला परेको छ । गत भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानी स्थित भोटेकोसी नदीमा बोलेरो गाडी खसेर बेपत्ता चालकको शव फेला परेको हो ।

उक्त गाडीका चालक भोटेकोशी गाउँपालिका-५ सानु तामाङको शव  सिन्धुलीको फिक्कल गाउँपालिका-६ स्थित सुनकोशी नदीबाट सशस्त्रको टोलीले सोमबार निकालेको जनाएको छ। तामाङको शव उनका आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register