गरिमा विकास बैंकको डेपुटी सीईओमा अनिल रेग्मी नियुक्त

काठमाडौँ ।  गरिमा विकास बैंकको  नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा अनिल रेग्मी नियुक्त भएका छन् । बैंकको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले रेग्मीलाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई असोज १ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको बैंकले जनाएको छ । रेग्मी गरिमा विकास बैंकमा दुई वर्षदेखि सहायक प्रमुख […]

Sep 17, 2024 - 07:16
 0
गरिमा विकास बैंकको डेपुटी सीईओमा अनिल रेग्मी नियुक्त

काठमाडौँ ।  गरिमा विकास बैंकको  नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा अनिल रेग्मी नियुक्त भएका छन् । बैंकको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले रेग्मीलाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई असोज १ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको बैंकले जनाएको छ । रेग्मी गरिमा विकास बैंकमा दुई वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

अनिल रेग्मीसँग तत्कालीन जनता बैंक लिमिटेड र तत्कालीन सेन्चुरी कमर्सियल बैंक लिमिटेडमा ११ वर्ष सहित बैंकिङ क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ वर्ष कार्य गरको अनुभव रहेको छ ।

बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आबद्ध रहेका रेग्मीसँग बैंकिङ लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरको अनुभवसमेत रहेको बैंकले जारी गरेको विज्ञपितमा उख्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register