सेयर धितो कर्जा लिनेहरु बढे, एक महिनामा ७१ अर्ब ६९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह

काठमाडौँ । पछिल्लो एक महिनामा सेयर धितो कर्जा लिनेहरु बढेका छन् । साउन महिनामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेयर धितो कर्जा लिनेहरु बढेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा बैंक तथा वित्तीय संस्थाबाट ७१ अर्ब ६९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा यस्तो कर्जा […]

Sep 17, 2024 - 11:08
 0
सेयर धितो कर्जा लिनेहरु बढे, एक महिनामा ७१ अर्ब ६९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह

काठमाडौँ । पछिल्लो एक महिनामा सेयर धितो कर्जा लिनेहरु बढेका छन् । साउन महिनामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेयर धितो कर्जा लिनेहरु बढेका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार साउनमा बैंक तथा वित्तीय संस्थाबाट ७१ अर्ब ६९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा यस्तो कर्जा ५८ अर्ब ९० करोड रुपैयाँ प्रवाह भएको थियो ।

नयाँ सरकार गठन भएसँगै सेयर बजार निरन्तर बढ्दो अवस्थामा छ । योसँगै लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाबाट ठूलो मात्रामा ऋण लिएर लगानी बढाइरहेका छन् ।

असार महिनामा सेयर धितो कर्जा ७० अर्ब ३४ करोड रुपैयाँ प्रवाह भएको थियो । त्यस्तै, जेठमा ६८ अर्ब ६२ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो । यद्यपि यतिबेला सेयर बजार ओरालो गतिमा देखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register