गरिमा क्यापिटलले सरकारी कर्मचारीलाई ‘सित्तैमा’ लगानी व्यवस्थापन सेवा दिने

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरुको लागि ‘सित्तैमा’ लगानी व्यवस्थापन सेवा ल्याएको छ । क्यापिटलले सम्पूर्ण सरकारी कर्मचारीको सुविधालाई मध्येनजर गर्दै सित्तैमा लगानी व्यवस्थापन सेवा ल्याएको हो । देशैभरिका सबै सरकारी कार्यालयहरुमा सेयर कारोबार गर्ने प्रणाली टिएमएस कार्यालयमा चलाउन नेपाल सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सरकारी कर्मचारीहरुमा अब कसरी सेयर बजारमा लगानी गर्ने ? […]

Sep 12, 2024 - 09:59
 0
गरिमा क्यापिटलले सरकारी कर्मचारीलाई ‘सित्तैमा’ लगानी व्यवस्थापन सेवा दिने

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरुको लागि ‘सित्तैमा’ लगानी व्यवस्थापन सेवा ल्याएको छ । क्यापिटलले सम्पूर्ण सरकारी कर्मचारीको सुविधालाई मध्येनजर गर्दै सित्तैमा लगानी व्यवस्थापन सेवा ल्याएको हो ।

देशैभरिका सबै सरकारी कार्यालयहरुमा सेयर कारोबार गर्ने प्रणाली टिएमएस कार्यालयमा चलाउन नेपाल सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सरकारी कर्मचारीहरुमा अब कसरी सेयर बजारमा लगानी गर्ने ? कसरी सेयर कारोबार गर्ने ? भन्ने बारेमा जिज्ञासा उठ्न सक्ने परिस्थितिलाई मध्यनजर गर्दै सरकारी कर्मचारीहरुका लागि गरिमा क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत ‘सित्तैमा लगानी व्यवस्थापन सेवा योजना’ संचालनमा ल्याएको हो ।

सो योजनाले सम्पूर्ण सरकारी कर्मचारीहरुको बजारप्रतिको सकारात्मक भावानालाई जिवित राख्न र बजारबाट आर्जन गर्न सकिने सम्भावित प्रतिफलबाट वञ्चित हुनबाट जोगाउँदै निरन्तर बजारसँगै जोडिनको लागि पनि यो योजना धैरै फलदायी हुने विश्वास क्यापिटलले लिएको छ ।

यो योजना अन्तर्गत ग्राहकवर्गहरुले न्यूनतम लगानी रकम रु ३ लाख (नगद वा सेयर वा दुबै) बाट लगानी गर्न सक्नेछन् भने वार्षिक व्यवस्थापन शुल्कका साथै सेवाबाट बाहिरिदा समेत कुनै शुल्क नलाग्ने क्यापिटलले जनाएको छ । क्यापिटलले आफूले व्यवस्थापन गर्ने लगानीको प्रतिफलको आधारमा १५ प्रतिशतसम्म कार्य सम्पादन शुल्क लिने गरेकोमा यो योजना अन्तर्गत जम्मा १० प्रतिशत कार्य सम्पादन शुल्क को व्यवस्था गरेको छ ।

उक्त योजना उपभोग गर्न इच्छुक ग्राहकहरुले क्यापिटलमा सम्पर्क गरेर वा गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सम्पर्क गरी यो सुबिधा उपभोग गर्न सक्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register