मिस नेपाल आश्माकुमारी केसी पनि राप्रपा केन्द्रीय सदस्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले  मिस नेपाल वर्ल्ड २०२४ आश्माकुमारी केसीलाई केन्द्रीय सदस्यमा छनोट गरेको छ । नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय कार्यसमितिमा छनोट गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । छनोट समितिले विभिन्न आधारमा छनोट गरेका युवाहरुलाई अन्तर्वार्तापछि १० महिला र १० पुरुषलाई केन्द्रीय सदस्यमा छनोट गरेको प्रवक्ता श्रेष्ठले जानकारी […]

Sep 17, 2024 - 16:52
 0
मिस नेपाल आश्माकुमारी केसी पनि राप्रपा केन्द्रीय सदस्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले  मिस नेपाल वर्ल्ड २०२४ आश्माकुमारी केसीलाई केन्द्रीय सदस्यमा छनोट गरेको छ ।

नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय कार्यसमितिमा छनोट गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

छनोट समितिले विभिन्न आधारमा छनोट गरेका युवाहरुलाई अन्तर्वार्तापछि १० महिला र १० पुरुषलाई केन्द्रीय सदस्यमा छनोट गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

केसी संगै दार्चुलाका अशोक सिंह सम्राट, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौंका विनोद श्रेष्ठ, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका ईन्जिनियर गोपीकृष्ण चौलागाई पनि केन्द्रीय सदस्य बनेका छन् ।

यस्तै  दाङका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, पश्चिम नवलपरासीका नवतीत कुमार मिश्र, काठमाडौंका समीर शर्मा र युके प्रवासका डा. डेभिड थापा राप्रपा केन्द्रीय सदस्य बनेका छन् ।

धादिङकी बिना लामा, पर्साकी बिना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी (नानी) थापा, सुनसरीकी नजियाँ खातुन मिया, ललितपुरकी ईञ्जिनियर सजिना कार्की, सल्यानकी अनिशा नेपाली पनि राप्रपा केन्द्रीय सदस्य बनेका छन् ।

तनहुँकी रेजिना श्रेष्ठ, काभ्रेपलाञ्चोककी ईञ्जिनियर दीपा श्रेष्ठ र हुम्लाकी तारा जैसी पनि राप्रपा केन्द्रीय सदस्य छनोट भएको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register