गरिमा क्यापिटलले सार्वजनिक गर्यो नयाँ अफर, भाग्यशाली तीन जना ग्राहकहरूले स्मार्ट वाच जित्न सक्ने

काठमाडौँ । गरिमा क्यापिटलले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले बडा दशैँ, शुभ दिपावली तथा छठ पर्व २०८१ को अवसरलाई लक्षित गर्दै असोज १ गतेदेखि कात्तिक ३० गतेसम्मका लागि ‘बम्पर दशैँतिहार अफर’ सार्वजनिक गरेका हो । यस योजना अन्तर्गत कम्पनीमा डिम्याट र मेरो सेयर खाता खोल्दा लक्की ड्रमार्फत भाग्यशाली तीन जना ग्राहकहरूले स्मार्ट वाच […]

Sep 19, 2024 - 08:00
 0
गरिमा क्यापिटलले सार्वजनिक गर्यो नयाँ अफर, भाग्यशाली तीन जना ग्राहकहरूले स्मार्ट वाच जित्न सक्ने

काठमाडौँ । गरिमा क्यापिटलले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले बडा दशैँ, शुभ दिपावली तथा छठ पर्व २०८१ को अवसरलाई लक्षित गर्दै असोज १ गतेदेखि कात्तिक ३० गतेसम्मका लागि ‘बम्पर दशैँतिहार अफर’ सार्वजनिक गरेका हो ।

यस योजना अन्तर्गत कम्पनीमा डिम्याट र मेरो सेयर खाता खोल्दा लक्की ड्रमार्फत भाग्यशाली तीन जना ग्राहकहरूले स्मार्ट वाच जित्न सक्नेछन् । जसका लागि असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म कम्पनीमा नयाँ डिम्याट र मेरो सेयर खाता खोल्नु पर्ने कम्पनीले जनाएको छ ।

यो अफर अन्तरगत खाता खोल्न कमलपोखरी, काठमाडौँस्थित कम्पनीको केन्द्रीय कार्यालय, गरिमा विकास बैंकका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरू तथा गरिमा क्यापिटलको वेबसाइट मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सकिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register