लेबनानका पेजर आक्रमण : अधिकांश घाइतेले गुमाए औंला, नागरिक आतंकित

काठमाडौं । अहिले लेबनान स्तब्ध छ । राजधानी बेरुत लगायतका स्थानमा हजारौं पेजर विस्फोट हुँदा अहिलेसम्म ३२ जनाको मृत्यु भएको भने ३५ सयभन्दा धेरैको अस्पतालमा उपचार भइरहेको छ । बीबीसीकाअनुसार धेरै घाइतेहरुले औंला गुमाएका छन् । होटल डियू अस्पतालकी डा. नूर एल ओस्टाले यस घटनाले बेरूत पोर्टमा २०० जनाभन्दा बढीको ज्यान जाने गरी भएको विस्फोटको सम्झाना […]

Sep 19, 2024 - 09:36
 0
लेबनानका पेजर आक्रमण : अधिकांश घाइतेले गुमाए औंला, नागरिक आतंकित

काठमाडौं । अहिले लेबनान स्तब्ध छ । राजधानी बेरुत लगायतका स्थानमा हजारौं पेजर विस्फोट हुँदा अहिलेसम्म ३२ जनाको मृत्यु भएको भने ३५ सयभन्दा धेरैको अस्पतालमा उपचार भइरहेको छ ।

बीबीसीकाअनुसार धेरै घाइतेहरुले औंला गुमाएका छन् ।

होटल डियू अस्पतालकी डा. नूर एल ओस्टाले यस घटनाले बेरूत पोर्टमा २०० जनाभन्दा बढीको ज्यान जाने गरी भएको विस्फोटको सम्झाना दिलाएको बताइन् । तर, यो घटना त्यो भन्दा फरक प्रकृतिको रहेको उनले बताइन् ।

उनले भनिन्, ‘हामीले धेरै उस्तै चोटहरू पायौं । धेरै घाइतेहरूले औंलाहरू गुमाएका छन्, आँखामा चोट लागेको छ । यो हामीले पहिले कहिल्यै देखेका थिएनौं ।’

सुरक्षाका कारण स्वास्थकर्मीलाई बिरामीका आफन्तहरुसँग कुराकानी गर्न अनुमति दिइएको छैन । घाइतेहरु अधिकांश हिज्बुल्लाहका सदस्य हुन् ।

लेबनानमा कसरी विस्फोट भए हजारौं पेजर ? ६ प्रश्नोत्तरबाट बुझ्नुहोस् घटनाक्रम

लेबनानमा अधिकांश मानिस अहिले आतंकित छन् । कुन बेला मोबाइल, ल्यापटप नै पड्किने हो कि भनेर ।

लेबनानकी नागरिक घिडा भन्छिन्, ‘हामीलाई थाहा छैन कि हामी हाम्रो ल्यापटप, फोनको छेउमा बस्न सक्छौं । यहाँ सबै कुरा खतरा जस्तो देखिन्छ र कसैलाई के गर्ने थाहा छैन ।’

‘म लेबनानमा व्यापक स्तरको युद्धबाट डराउँछु, म मेरा मानिसहरूको लागि डराउँछु, म मेरो शहरको लागि डराउँछु, म मेरो देशको लागि डराउँछु,’ उनी भन्छिन् ।

विस्फोटका घटनाहरु धेरैजसो यन्त्रहरू बोकेकाहरू किनमेल गर्न वा परिवारहरूसँग घरमा हुँदा भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register