माइतीघरमा संविधान विरोधी प्रर्दशन (तस्वीरहरू)
काठमाडौं । माइतीघरमा विभिन्न पार्टी र समूहले संविधान विरोधी नारा लगाएका छन् । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति पार्टी, नदीको मापदण्ड नबढाउन माग गर्दै माइतीघर पुगेकाहरुले संविधान विरोधी नारा लगाएका हुन् । प्रदर्शनकारी केहीबेर सडकमै सुतेका थिए । साथै, उनीहरुले ‘नदीको मापदण्ड खारेज गर’, ‘मापदण्डका नाममा जनतालाई उठिबास गर्न पाइँदैन’, ‘संविधान खारेज गर’ भन्दै […]
काठमाडौं । माइतीघरमा विभिन्न पार्टी र समूहले संविधान विरोधी नारा लगाएका छन् ।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति पार्टी, नदीको मापदण्ड नबढाउन माग गर्दै माइतीघर पुगेकाहरुले संविधान विरोधी नारा लगाएका हुन् ।
प्रदर्शनकारी केहीबेर सडकमै सुतेका थिए । साथै, उनीहरुले ‘नदीको मापदण्ड खारेज गर’, ‘मापदण्डका नाममा जनतालाई उठिबास गर्न पाइँदैन’, ‘संविधान खारेज गर’ भन्दै नारा पनि लगाएका छन् ।
प्रदर्शनमा महतोसहित सुमन सायमीलगायत सहभागी भएका थिए ।
सर्वोच्च अदालतले बागमती, विष्णुमतीलगायत नदी किनारका हाल २० मिटर खुला क्षेत्र रहेकामा थप २० मिटर छाड्न आदेश दिएको थियो । उक्त आदेश अनुसार आफूहरुको घरबास गुम्ने भन्दै नदी किनारका बासिन्दा प्रदर्शनमा आएका हुन् ।
तस्वीरहरू:-
What's Your Reaction?