सलीम खानलाई ज्यान मार्ने धम्की

काठमाडौं । बलिउड अभिनेता सलमान खानका बुवा तथा लेखक सलिम खानलाई ज्यान मार्ने धम्की आएको छ । घटना सेप्टेम्बर १८ को हो । भारतीय सञ्चारमाध्यमकाअनुसार सलिम बान्द्रा ब्यान्डस्ट्यान्डमा बिहानको पैदल यात्रापछि बेन्चमा बसिरहेका थिए । सोही समयमा मा एक स्कुटर पुरुष र महिला आए । सलिमको अगाडि आएर त्यो स्कुटर रोकियो । त्यसपछि बुर्का लगाएकी महिलाले सलीमलाई […]

Sep 19, 2024 - 13:20
 0
सलीम खानलाई ज्यान मार्ने धम्की

काठमाडौं । बलिउड अभिनेता सलमान खानका बुवा तथा लेखक सलिम खानलाई ज्यान मार्ने धम्की आएको छ । घटना सेप्टेम्बर १८ को हो ।

भारतीय सञ्चारमाध्यमकाअनुसार सलिम बान्द्रा ब्यान्डस्ट्यान्डमा बिहानको पैदल यात्रापछि बेन्चमा बसिरहेका थिए । सोही समयमा मा एक स्कुटर पुरुष र महिला आए ।

सलिमको अगाडि आएर त्यो स्कुटर रोकियो । त्यसपछि बुर्का लगाएकी महिलाले सलीमलाई धम्की दिँदै भनिन्, ‘होसियार रहनू, नत्र लरेन्सलाई भन्दिन्छु ।’

स्कूटी नम्बर ७४४४ थियो । बान्द्रा प्रहरीले मुद्दा दर्ता गरी स्कुटीसहित महिला र पुरुषलाई नियन्त्रणमा लिएको छ । दुवैलाई सोधपुछ भइरहेको छ ।

लरेन्स बिश्नोईको समूहबाट सलमानको परिवारलाई बारबार धम्की आइरहेको छ ।

१४ अप्रिलको बिहान सलमानको मुम्बईस्थित घर ग्यालेक्सी अपार्टमेन्टमा गोलीबारी भएको थियो। गोली चलाउनेहरु मोटरसाइकलमा आएका थिए ।

उनीहरुले सलमानको घरबाहिर ५ राउण्ड गोली हानेर भागेका थिए । दुई दिनपछि मुम्बई प्रहरीले आरोपीलाई गुजरातबाट पक्राउ गरेको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register