एन्फा महिला लिग : वालिङले बागमतीलाई हरायो

काठमाडौं । जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा बिहीबार भएको खेलमा वालिङले बागमतीलाई ४–० गोल अन्तरले पराजित गरेको हो । वालिङको जितमा विदेशी खेलाडी सिसी एन्टोङ्गोले खेलको २२ र ४०औं मिनेटमा गोल गरिन् भने ज्यकिलिन नस्सालीले ५४ र ८३औं मिनेटमा गोल गरिन् । जितसंगै वालिङ […]

Sep 19, 2024 - 13:00
 0
एन्फा महिला लिग : वालिङले बागमतीलाई हरायो

काठमाडौं । जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोवाटोमा बिहीबार भएको खेलमा वालिङले बागमतीलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

वालिङको जितमा विदेशी खेलाडी सिसी एन्टोङ्गोले खेलको २२ र ४०औं मिनेटमा गोल गरिन् भने ज्यकिलिन नस्सालीले ५४ र ८३औं मिनेटमा गोल गरिन् ।

जितसंगै वालिङ ६ खेलमा १३ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ भने भने समान खेल खेलेको बागमती चार अंकसहित तालिकाको आठौं स्थानमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register