फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍याे, भारतको स्थान कति ?

काठमाडौं। फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल १७६औँ स्थानमा झरेको हो। यसअघि नेपाल १७५ औँ स्थानमा थियो। यस्तै दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत दुई स्थान तल झर्दै १२६औँ स्थानमा पुगेको छ भने दोस्रो स्थानमा रहेको माल्दिभ्स १६३औँ स्थानमा छ। त्यसैगरी दुई स्थान तल […]

Sep 19, 2024 - 15:20
 0
फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍याे, भारतको स्थान कति ?

काठमाडौं। फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल १७६औँ स्थानमा झरेको हो। यसअघि नेपाल १७५ औँ स्थानमा थियो।

यस्तै दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत दुई स्थान तल झर्दै १२६औँ स्थानमा पुगेको छ भने दोस्रो स्थानमा रहेको माल्दिभ्स १६३औँ स्थानमा छ। त्यसैगरी दुई स्थान तल झर्दै भुटान १८४औँ स्थानमा पुगेकोछ भने दुई स्थान तल झरेर बंगलादेश १८६औँ स्थानमा पुगेको छ।   पाकिस्तान १९७ औँ स्थानमा र पाँच स्थान सुधार गर्दै श्रीलंका २०० औँ स्थानमा छ।

फिफा वरीयताको शीर्ष स्थानमा भने अर्जेन्टिनाले आफ्नो स्थान कायमै राखेको छ। फिफा वरियताको शिर्ष १० स्थानमा कुनै परिवर्तन भएको छैन। जसअनुसार दोस्रोमा फ्रान्स, तेस्रोमा स्पेन, चौथोमा ईङल्याण्ड, पाँचौंमा ब्राजिल, छैटौंमा बेल्जियम, सातौंमा नेदरल्याण्डस, आठौंमा पोर्चुगल, नवौंमा कोलोम्बिया र दशौँमा इटाली रहेका छन्। एसियाबाट जापान  २ स्थान सुधार गर्दै १६औं स्थानमा उक्लिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register