स्टार्टअप उद्यम कर्जा : प्रारम्भिक छनोटमा एक हजार ३१४ आवेदक

काठमाडौं । स्टार्टअप उद्यम कर्जाका लागि आवेदन दिएकाहरूमध्ये प्रारम्भिक चरणमा प्रवेश गरेकाहरूको सूची सार्वजनिक भएको छ । औद्योगिक व्यवसाय प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ बमोजिम गत भदौ ११ देखि ३१ सम्म आवेदन आह्वान गरेको थियो । सो अवधिमा कुल ५ हजार १५८ आवेदन परेकोमा १ हजार ३१४ आवेदक प्रारम्भिक छनोटमा परेको प्रतिष्ठानले शुक्रबार […]

Jan 5, 2025 - 07:17
 0
स्टार्टअप उद्यम कर्जा : प्रारम्भिक छनोटमा एक हजार ३१४ आवेदक

काठमाडौं । स्टार्टअप उद्यम कर्जाका लागि आवेदन दिएकाहरूमध्ये प्रारम्भिक चरणमा प्रवेश गरेकाहरूको सूची सार्वजनिक भएको छ ।

औद्योगिक व्यवसाय प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ बमोजिम गत भदौ ११ देखि ३१ सम्म आवेदन आह्वान गरेको थियो ।

सो अवधिमा कुल ५ हजार १५८ आवेदन परेकोमा १ हजार ३१४ आवेदक प्रारम्भिक छनोटमा परेको प्रतिष्ठानले शुक्रबार सूचना प्रकाशित गरी जानकारी दिएको छ ।
प्रतिष्ठानका अनुसार यस वर्ष उक्त कार्यक्रमको बजेट १ अर्ब रुपैयाँको रहेको र जसबाट बढीमा ६०० जनालाई कर्जा दिने योजना रहेको छ ।

यो वर्ष पनि उद्यमीले छानिएका परियोजनाका लागि बढीमा २५ लाख रुपैयाँ कर्जा पाउनेछन् । सरकारले उद्यमीले पेस गरेका योग्य परियोजना धितो राखेर यस्तो कर्जा उपलब्ध गराउँदै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register