जम्मू कश्मीरमा रहस्यमय रोगका कारण १७ जनाको मृत्यु

काठमाडौं । भारतको जम्मू कश्मीर राज्यको राजौरी जिल्लाको बडल गाउँ एउटा रहस्यमय रोगका कारण चर्चामा छ । राजधानी श्रीनगरबाट १८० किलोमिटर टाढा रहेको बडल गाउँमा पछिल्लो डेढ महिनामा यो रहस्यमय रोगका कारण १७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जसमध्ये १२ बालबालिका रहेका छन् । पहिलो केस छ हप्ताअघि देखिएको थियो । तर, […]

Jan 23, 2025 - 07:52
 0
जम्मू कश्मीरमा रहस्यमय रोगका कारण १७ जनाको मृत्यु

काठमाडौं । भारतको जम्मू कश्मीर राज्यको राजौरी जिल्लाको बडल गाउँ एउटा रहस्यमय रोगका कारण चर्चामा छ ।

राजधानी श्रीनगरबाट १८० किलोमिटर टाढा रहेको बडल गाउँमा पछिल्लो डेढ महिनामा यो रहस्यमय रोगका कारण १७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जसमध्ये १२ बालबालिका रहेका छन् ।

पहिलो केस छ हप्ताअघि देखिएको थियो । तर, यो रोग के कारण हो भनेर आधिकारिक पुष्टि भएको छैन ।

अहिले स्थानीयबासिन्दा त्रसित भएका छन् र अहिलेको अवस्थालाई कोभिड–१९ को समयमा सिर्जना भएको अवस्थासँग तुलना गरिरहेका छन् ।

यद्यपि, सरकारी मेडिकल कलेज, राजौरीका स्वास्थ्य अधिकारीहरूले यो रोग सङ्क्रामक नभएको र महामारीमा परिणत नहुने दाबी गरेका छन् ।

खाना र पानीबाट मानव शरीरमा प्रवेश गर्ने न्यूरोटोक्सिन यो रोगको कारण हुनसक्ने अनुमान छ ।

यसैबीच राजौरी जिल्ला मजिस्ट्रेटको कार्यालयले रोग थप फैलिन नदिन कन्टेनमेन्ट जोन घोषणा गरेको छ । सरकारी मेडिकल कलेज, राजौरीका प्रिन्सिपल एएस भाटियाकाअनुसार १० जना अझै बिरामी छन् ।

जसमध्ये ६ जना अस्पतालमा भर्ना भएका छन् । बाँकी तीन जना बिरामीलाई जम्मू र एक जनालाई उपचारका लागि चण्डीगढ पठाइएको छ ।

स्वास्थ्य अधिकारीहरूले बडल गाउँमा डिसेम्बर ७ देखि जनवरी १९ को बीचमा १७ जनाको मृत्यु भएको जानकारी दिए ।

लक्षण के हो ?

बडलबासिन्दालाई अहिले स्थानीय मुहानको पानी लिन बन्द गरिएको छ । स्थानीय अधिकारीहरूले सोमबार परीक्षणका लागि पानीको नमूना लिएका थिए ।

अनुसन्धानका क्रममा उनीहरुले पानीमा विषादी रहेको पाइएको थियो । बुधबार जारी गरिएको कन्टेन्टमेन्ट आदेशअनुसार यो रोगबाट प्रभावित तीन घर सिल गरिएको छ ।

जिल्ला मजिस्ट्रेटको आदेशअनुसार यी परिवारसँग नजिक आएकाहरूलाई पनि राजौरीको सरकारी अस्पतालमा सारिनेछ ।

त्यहाँ उनीहरुको स्वास्थ्य निगरानी हुनेछ । प्रशासनले उपलब्ध गराएको खानेकुरा र पानी मात्रै बढलवासीले प्रयोग गर्ने आदेशमा भनिएको छ ।

आदेशमा रोग सङ्क्रमित परिवारका सबै खाद्यवस्तु जफत गर्ने भनिएको छ । बडलका जनतालाई सार्वजनिक र निजीमा भेट्न पनि रोक लगाइएको छ ।

बिरामीमा ज्वरो आउने, घाँटी दुख्ने, बान्ता हुने र पखाला लाग्नेजस्ता लक्षण देखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register