विप्लवको दाबी : २०८४ मा युगान्तकारी परिघटना हुँदैछ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले २०८४ सालमा युगान्तकारी परिघटना हुने बताएका छन् । समाजवादी मोर्चाले मङ्गलबार काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै उनले समाजवादको यात्रा तय गर्न धेरै बाँकी रहेको बताए । लामो समयसम्म निष्क्रिय रहेको समाजवादी मोर्चाको बचाउमा बोल्दै उनले यो कुम्भकर्ण नभएको बताएका छन् । विप्लवले अब मोर्चा […]

Jan 28, 2025 - 10:39
 0
विप्लवको दाबी : २०८४ मा युगान्तकारी परिघटना हुँदैछ

काठमाडौं नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले २०८४ सालमा युगान्तकारी परिघटना हुने बताएका छन् ।

समाजवादी मोर्चाले मङ्गलबार काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै उनले समाजवादको यात्रा तय गर्न धेरै बाँकी रहेको बताए ।

लामो समयसम्म निष्क्रिय रहेको समाजवादी मोर्चाको बचाउमा बोल्दै उनले यो कुम्भकर्ण नभएको बताएका छन् । विप्लवले अब मोर्चा सक्रिय रूपमा अगाडि बढ्ने बताएका हुन् ।

‘समाजवादी मोर्चा कुम्भकर्ण होइन । ब्युँझेर आएको छ’, उनले भने, ‘मोर्चा गतिमै छ । जसपा अहिले छैन । नेसपालाई सहभागी गराउन सफल भएका छौँ । थुप्रै मित्र शक्तिलाई मोर्चामा ल्याउने पहल भइरहेको छ ।‘

सरकार ढल्छ र ढल्दैन भन्ने बहसमा राजनीति अल्झिरहेको भन्दै उनले जनताले निकासको चाहना राखेको बताए । उनले जनताको चाहना बमोजिम नै काम गर्ने हो भने अहिले सबैतिरबाट सक्रिय हुने परिस्थिति बनिराखेको  बताए ।

मोर्चाका संयोजकसमेत रहेका उनले मुलुकमा गणतन्त्र स्थापना भएको १८ वर्षसम्म जनता उकुसमुकुस भएको र विस्तारै नयाँ तरिकाले सोच्न थालेको दाबी गरे । अहिलेको निर्विकल्प समाजवाद भएको भन्दै अब चुप लागेर नबस्ने चेतावनी विप्लवले दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register