कोभिड चिनियाँ प्रयोगशालाबाट फैलिएको दाबीमा ह्वाइट हाउसले के भन्यो ?

काठमाडौं । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले कोभिड–१९ को सन्दर्भमा पूर्वअमेरिकी राष्ट्रपति जो बाइडनलाई निशाना बनाएकी छन् । उनले बाइडेन प्रशासनले अमेरिकी जनतालाई कोभिड-१९ सँग सम्बन्धित सत्य नबताएको बताइन् । समाचार एजेन्सी एएनआईकाअनुसार लेभिटले भनिन्, “बाइडन प्रशासनले अमेरिकी जनतालाई कोभिड-१९ सँग सम्बन्धित सत्य बताउने अवसर पाएको थियो, तर केही कारणले उनीहरूले त्यसो नगर्ने निर्णय […]

Feb 1, 2025 - 05:31
 0
कोभिड चिनियाँ प्रयोगशालाबाट फैलिएको दाबीमा ह्वाइट हाउसले के भन्यो ?

काठमाडौं । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले कोभिड–१९ को सन्दर्भमा पूर्वअमेरिकी राष्ट्रपति जो बाइडनलाई निशाना बनाएकी छन् ।

उनले बाइडेन प्रशासनले अमेरिकी जनतालाई कोभिड-१९ सँग सम्बन्धित सत्य नबताएको बताइन् ।

समाचार एजेन्सी एएनआईकाअनुसार लेभिटले भनिन्, “बाइडन प्रशासनले अमेरिकी जनतालाई कोभिड-१९ सँग सम्बन्धित सत्य बताउने अवसर पाएको थियो, तर केही कारणले उनीहरूले त्यसो नगर्ने निर्णय गरे ।”

लेभिटले थप भनिन्, “त्यसबेला राष्ट्रपति ट्रम्प अगाडि आएका थिए र उनले अमेरिकी नागरिकहरूलाई कोभिड-१९ सँग सम्बन्धित सत्यबारे बताए । त्यतिबेला पनि उनले (ट्रम्प)ले कोभिड–१९ चीनको वुहानस्थित प्रयोगशालाबाट आएको हुनसक्ने बताएका थिए ।”

“तर, त्यसपछि केही मानिसहरूले उनको खिल्ली उडाए र भने – उनी षड्यन्त्रको बारेमा कुरा गरिरहेका थिए, तर उनले त्यसो गरेका थिएनन् ।”

लेभिटले भनिन्, “अब हामीलाई थाहा छ कि यो एक सत्य हो जुन पुष्टि गर्न सकिन्छ । यो प्रकाशमा आउन धेरै वर्ष लागे पनि राष्ट्रपति सही थिए ।”

वास्तवमा जनवरी २०२५ को अन्तिम हप्तामा जारी गरिएको एक रिपोर्टमा अमेरिकी गुप्तचर एजेन्सी सीआईएले कोभिड महामारीको फैलावटमा नयाँ मूल्याङ्कन जारी गरेको थियो ।

यसमा सीआईएले जनावरबाट नभई चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरस लिक हुने ‘उच्च सम्भावना’ रहेको बताएको थियो ।

एजेन्सीका प्रवक्ताले भनेका थिए कि उपलब्ध रिपोर्टहरूको आधारमा महामारी प्राकृतिक रूपमा फैलनुको सट्टा “अनुसन्धानको क्रममा फैलिने” सम्भावना बढी थियो ।

ट्रम्प आएपछि अमेरिकाको बोली फेरियो, कोभिड चीनको प्रयोगशालाबाट फैलिएको दाबी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register