निर्माण व्यवसायीले कानूनसम्मत भुक्तानी मागे रित्तै फर्काउँदैनाैँ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कानूनसम्मत दाबी गरेका सबै रकम भुक्तानी भइसकेकाे बताएका छन् । आइतबार महिला आर्थिक पत्रकार सङ्घ (फेजा)ले आयाेजना गरेकाे “अर्थतन्त्र : नीति र व्यवहार” विषयक छलफल कार्यक्रममा बाेल्दै अर्थमन्त्रीले सबै निर्माण व्यवसायीलाई रितपूर्वक भुक्तान माग्न आए रित्तै नफर्काइने बताएका हुन् । अर्थमन्त्री पाैडेलले गत वर्षमा काम सम्पन्न भएका सबै आयाेजनाहरुकाे भुक्तान […]

Feb 2, 2025 - 05:54
 0
निर्माण व्यवसायीले कानूनसम्मत भुक्तानी मागे रित्तै फर्काउँदैनाैँ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कानूनसम्मत दाबी गरेका सबै रकम भुक्तानी भइसकेकाे बताएका छन् ।

आइतबार महिला आर्थिक पत्रकार सङ्घ (फेजा)ले आयाेजना गरेकाे “अर्थतन्त्र : नीति र व्यवहार” विषयक छलफल कार्यक्रममा बाेल्दै अर्थमन्त्रीले सबै निर्माण व्यवसायीलाई रितपूर्वक भुक्तान माग्न आए रित्तै नफर्काइने बताएका हुन् ।

अर्थमन्त्री पाैडेलले गत वर्षमा काम सम्पन्न भएका सबै आयाेजनाहरुकाे भुक्तान भइसकेकाे स्पष्ट पारे । उनले भने, “गत वर्ष भुक्तानीकाे दायित्व ठूलाे थियाे । जसकाे सबै भुक्तानी भइसक्याे । कसैले रितपूर्वक भुक्तानी माग्छ भने हामीले दिइरहेका छाैँ ।”

देशकाे आन्तरिक अर्थतन्त्र दबाबमा रहेकाे बताउँदै सुधारका लागि सरकारले गम्भीर गृहकार्य गरिरहेकाे उनकाे भनाइ छ ।

उनले पुँजीगत खर्चकाे संरचना बढाउने प्रयत्नमा सरकार रहेकाे बताए । उनले भने, “तुलनात्मक रुपमा गत वर्षकाे तुलनामा यस वर्ष पुँजीगत खर्च बढेकाे छ, तर याे प्रयाप्त छैन । यसकाे संरचना बढाउने प्रयत्न भइरहेकाे छ ।”

उनले भर्खरै ल्याईएकाे अध्यादेशले निजी क्षेत्रकाे मनाेबल बढेकाे जिकिर गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register