नेपाल निजामती कर्मचारी संगठन कोशीको अध्यक्षमा हरि सुवेदी

सुनसरी। नेपाल निजामती कर्मचारी संगठन कोशी प्रदेश कार्यसमितिको दोस्रो अधिवेशनबाट अध्यक्षमा हरिप्रसाद सुवेदी सर्वसम्मत चयन भएका छन् । नेकपा एकीकृत समाजवादी निकट कर्मचारी संगठनबाट एमाले निकट कर्मचारी संगठनमा फर्किएका सुवेदीलाई दोस्रो अधिवेशनले प्रदेश अध्यक्ष चयन गरेको निर्वाचन समितिका संयोजक जीवन काफ्लेले बताए । संगठनको उपाध्यक्षमा फडिन्द्र विश्वकर्मा र सरस्वती शिवाकोटी, महासचिवमा कुमारसिंह खत्री, सचिवहरूमा कृष्णप्रसाद […]

Feb 3, 2025 - 09:17
 0
नेपाल निजामती कर्मचारी संगठन कोशीको अध्यक्षमा हरि सुवेदी

सुनसरी।

नेपाल निजामती कर्मचारी संगठन कोशी प्रदेश कार्यसमितिको दोस्रो अधिवेशनबाट अध्यक्षमा हरिप्रसाद सुवेदी सर्वसम्मत चयन भएका छन् । नेकपा एकीकृत समाजवादी निकट कर्मचारी संगठनबाट एमाले निकट कर्मचारी संगठनमा फर्किएका सुवेदीलाई दोस्रो अधिवेशनले प्रदेश अध्यक्ष चयन गरेको निर्वाचन समितिका संयोजक जीवन काफ्लेले बताए ।

संगठनको उपाध्यक्षमा फडिन्द्र विश्वकर्मा र सरस्वती शिवाकोटी, महासचिवमा कुमारसिंह खत्री, सचिवहरूमा कृष्णप्रसाद सुवेदी, किरण कार्की र अनुजा पराजुली, कोषाध्यक्षमा जानकी अधिकारी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा सीता भण्डारी, कल्याणी राई, सजिता राई, टीकाराम सुनुवार, कृष्ण रुचाल, नैन खड्का, दिव्यराज दाहाल, भूपराज अधिकारी, दीपक न्यौपाने, यादवप्रसाद धमला, विनोद बस्नेत, कमलमणि थापा र काजीबहादुर कार्की चयन भएका छन् ।

संगठनको कोशी प्रदेश समितिको लेखा आयोग संयोजकमा ठमेन्द्र पौडेल र सदस्यहरूमा यमकुमार लुईंटेल र हेमसागर पोखरेल चयन भएको जनाइएको छ । सुनसरीको इनरुवामा सम्पन्न दोस्रो प्रदेश अधिवेशनमा संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्ष भवानी न्यौपाने दाहाल, कोशी प्रदेश इञ्चार्ज लक्ष्मीप्रसाद गुरागाईं लगायतले शुभकामना दिएका थिए । नव–निर्वाचित नेतृत्वले निजामती कर्मचारीहरूको हक, हित र अधिकार प्रवद्र्धन गर्दै संगठनको सशक्तिकरणमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register