अब घरमै बसेर लिन सकिन्छ नेपाल टेलिकमको ई-सिम
काठमाडौं । अब नेपाल टेलिकमको ई-सिम अनलाइनबाटै प्राप्त गर्न सकिने भएको छ । मंगलबार २१ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले यो नयाँ सेवा सार्वजनिक गरेको हो । यसअघि ई-सिम लिन ग्राहकहरू भौतिक रूपमा काउन्टरमै जानुपर्ने बाध्यता थियो । अबदेखि नेपाल टेलिकमको एप र वेबसाइटमार्फत यो सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । योसँगै ग्राहकले घरमै बसेर ई-सिमको लागि आवेदन दिन र सक्रिय बनाउन सक्ने छन् ।

What's Your Reaction?






