च्याम्पियनसिप खेल्न स्वदेश फर्किइन् अञ्जिला

काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बा स्वदेश फर्किएकी छन् । अर्को सातादेखि सुरु हुन लागेको इन्टरनेशनल वुमेन्स च्याम्पियनसिप खेल्न उनी बुधबार नेपाल फर्किएकी हुन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रवक्ता सुरेश शाहकाअनुसार उनी एअर अरेबियाको फ्लाइटबाट काठमाडौं आइपुगेकी हुन् । उनी व्यवसायिक फुटबल खेल्न ग्रीस पुगेकी थिइन् । […]

Feb 12, 2025 - 09:07
 0
च्याम्पियनसिप खेल्न स्वदेश फर्किइन् अञ्जिला

काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बा स्वदेश फर्किएकी छन् ।

अर्को सातादेखि सुरु हुन लागेको इन्टरनेशनल वुमेन्स च्याम्पियनसिप खेल्न उनी बुधबार नेपाल फर्किएकी हुन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रवक्ता सुरेश शाहकाअनुसार उनी एअर अरेबियाको फ्लाइटबाट काठमाडौं आइपुगेकी हुन् । उनी व्यवसायिक फुटबल खेल्न ग्रीस पुगेकी थिइन् ।

अञ्जिलाले निस अट्रोमिटौबाट ग्रीक महिला ‘ए’ डिभिजन खेल्दै आएकी छन् । उनले अट्रोमिटौबाट तीन खेलमा मौका पाएकी छन् ।

फागुन ५ देखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै कीर्गिस्तान, म्यानमार र लेबनानले सहभागिता जनाउने छ ।

नेपालले फागुन ५ मा किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register