बायर्न म्युनिखको जित, सात पटकको विजेता एसी मिलान पराजित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत बिहीबार बिहान चारवटा खेल भए । अन्तिम १६ का लागि भएको प्लेअफमा मिश्रित नतिजा आएका छन् । जर्मन क्लब बायर्न म्युनिख विजयी हुँदा सात पटकको विजेता इटालियन क्लब एसी मिलान भने पराजित भएको छ । बायर्नले घरेलु टोली सेल्टिकलाई २–१ गोलअन्तरले पराजित गरेको छ । बायर्नको जितमा मिचेल ओलिसे […]

Feb 13, 2025 - 04:36
 0
बायर्न म्युनिखको जित, सात पटकको विजेता एसी मिलान पराजित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत बिहीबार बिहान चारवटा खेल भए । अन्तिम १६ का लागि भएको प्लेअफमा मिश्रित नतिजा आएका छन् ।

जर्मन क्लब बायर्न म्युनिख विजयी हुँदा सात पटकको विजेता इटालियन क्लब एसी मिलान भने पराजित भएको छ ।

बायर्नले घरेलु टोली सेल्टिकलाई २–१ गोलअन्तरले पराजित गरेको छ । बायर्नको जितमा मिचेल ओलिसे र ह्यारी केनले गोल गरे भने स्कटिस क्लब सेल्टिकका लागि डाइजन भाइडाले सान्त्वना गोल फर्काए ।

यस जितसँगै बायर्नले अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ । फेब्रुअरी १९ मा घरेलु मैदानमा हुने दोस्रो लेगमा यही नजिता कायम राखे ६ पटकको विजेता बायर्न अन्तिम १६ मा पुग्नेछ ।

बिहीबार बिहान नै भएको खेलमा मिलान डच क्लब फेयनुडसँग १–० गोलअन्तरले पराजित भयो । फेयनुडको जितमा इगोर पाइछाऊले निर्णायक गोल गरेका हुन् । अब अन्तिम १६ मा स्थान बनाउन मिलानले घरेलु मैदानमा हुने दोस्रो लेगमा नतिजा उल्टाउनु पर्नेछ ।

अन्य खेलहरूमा बेल्जियन टोली क्लब ब्रागाले इटालियन क्लब एटलान्टालाई २–१ तथा पोर्चुगिज क्लब बेन्फिकाले फ्रेन्च क्लब मोनाकोलाई १–० ले हराए ।

अग्रता जोगाउन नसक्दा सिटी रियलसँग पराजित, पीएसजीलगायत अन्य ठूला टोलीको जित

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register