युक्रेन शान्ति वार्तामा के चाहन्छन् मस्को र किएभ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीसँग छुट्टाछुट्टै तर दुवैसँग एक–एक घण्टा टेलिफोन वार्ता गरी शान्ति वार्ता सुरु गर्न सुझाव दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार छापिएका छन् । तीन वर्षदेखि जारी युद्धलाई अन्त्य गन वार्ताका लागि मस्को र किएभको धारणा बाहिर ल्याउन एएफपीका समाचारदाताहरूले उनीहरूको अडानबारे […]

Feb 13, 2025 - 15:12
 0
युक्रेन शान्ति वार्तामा  के चाहन्छन् मस्को र किएभ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीसँग छुट्टाछुट्टै तर दुवैसँग एक–एक घण्टा टेलिफोन वार्ता गरी शान्ति वार्ता सुरु गर्न सुझाव दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार छापिएका छन् ।

तीन वर्षदेखि जारी युद्धलाई अन्त्य गन वार्ताका लागि मस्को र किएभको धारणा बाहिर ल्याउन एएफपीका समाचारदाताहरूले उनीहरूको अडानबारे समीक्षा गरेका छन् ।

सङ्घर्षको ‘मूल कारण’ सम्बोधन हुनुपर्छ:रूस

ट्रम्पसँगको कुराकानीमा पुटिनले युक्रेनमा युद्ध अन्त्य गर्न द्वन्द्वको ‘मूल कारण’ समाधान गर्न आवश्यक रहेको बताएका थिए ।

रूसका अनुसार सन् २०२१ को अन्त्यतिर मस्कोले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) र वासिङ्टनसँग युद्ध सुरु गर्नुभन्दा केही हप्ताअघि राखेको सुरक्षा मागलाई सङ्केत गर्दै यो कदम चालिएको हो ।

ती मागहरूले युरोपको सुरक्षा संरचनामा व्यापक परिवर्तनको परिकल्पना गरेका थिए, जसमा पूर्व सोभियत देश, बाल्टिक राज्य, रोमानिया र बुल्गेरियासहित पूर्वी समूहका सदस्यहरूबाट अमेरिकी र नाटो सेनाहरूको फिर्ता समावेश थियो । उनीहरू सबै नाटो र ईयू सदस्य हरू हुन्।

रूसले नोटोसँग युक्रेनलगायत अन्य कुनै पनि पूर्व सोभियत राष्ट्रलाई सदस्यता प्रदान नगर्ने वा पूर्व सोभियत सङ्घको भूभागमा सैन्य कारबाही नगर्ने प्रतिबद्धता पनि मागेको छ ।

क्रेमलिनले आक्रमण गरेदेखि नै युक्रेनको नियन्त्रणमा रहेको रूसको भूभागलाई आफ्नो सेनाद्वारा नियन्त्रित युक्रेनी भू–भागसँग साटासाट गर्ने विचारलाई अस्वीकार गर्दै आएको छ ।

मस्कोले सन् २०२२ मा युक्रेनका चार वटा दक्षिणी र पूर्वी भूभागमा कब्जा जमाएको र सन् २०१४ मा क्रिमिया कब्जा गरेको उल्लेख गर्दै द्वन्द्व अन्त्य गर्ने कुनै पनि सम्झौताले ‘धरातलीय नयाँ वास्तविकता’ प्रतिबिम्बित गर्नुपर्ने बताएको छ ।

जेलेन्स्कीको कार्यकाल गत वर्ष समाप्त भएको दाबी गर्दै उसले जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेको छ । आक्रमणपछि लागू गरिएको सैनिक कानुनअन्तर्गत जेलेन्स्की नेता रहेका हुन् र उनले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त गरेका छन् ।

पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरेका छन् । रूसी नेताले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्न तयार रहेको बताएका छन् र ट्रम्प सन् २०२२ मा ह्वाइट हाउसमा भएको भए युद्ध सुरु हुने थिएन भन्ने समेत बताएका छन् ।

न्यायपूर्ण शान्तिको सुनिश्चितताः युक्रेन

युक्रेनी राष्ट्रपति जेलेन्स्की युद्ध जतिसक्दो चाँडो अन्त्य होस् र युक्रेनले भविष्यमा हुने रूसी आक्रमणहरू रोक्ने सुरक्षा सुनिश्चितता प्राप्त गरोस् भन्ने चाहन्छन् र नाटोको सदस्यता वा ठूलो मात्रामा विदेशी शान्ति सेनाको टुकडीलाई रोक्ने सुरक्षा सुनिश्चितता प्राप्त गरोस् भन्ने माग राख्छन् ।

उनले वार्तामा युक्रेन, रूस, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घलाई पनि समावेश गर्नुपर्ने बताउँदै आएका छन् किनभने हाल इयुको सदस्यताको उम्मेदवारका रुपमा रहेको किएभ समूहमा सामेल हुने आशामा जेलेन्स्की छन् ।

किएभले रूसलाई आफ्नो भूभाग सुम्पन अस्वीकार गरिरहेका छन् । तर जेलेन्स्कीले युक्रेनले कूटनीतिको माध्यमबाट केही भूभाग पुनः प्राप्त गर्न सक्ने बताएका छन् ।

उनले शान्ति सूत्र र विजय योजना गरी दुई दस्तावेजमार्फत युद्ध अन्त्य गर्ने युक्रेनी दृष्टिकोणको वरिपरि सहयोगीहरूलाई भेला गर्ने प्रयास गरेका छन् । उनले किएभबाहेकको वार्ता असफल हुने बताएका छन् ।

युक्रेनले गत अगस्टमा रूसको सीमावर्ती क्षेत्र कुस्र्कको केही भाग कब्जा गरेको थियो र यो क्षेत्र कुनै पनि वार्तामा एक महत्वपूर्ण लेनदेनको बिषय हुने बताएको थियो । यसै साताको सुरुमा उनले युक्रेनमा रूसको कब्जामा रहेको केही भूभागको बदलामा यसलाई त्याग्ने विचार अघि सारेका थिए ।

यसअघि उनले रुसी सेनाको पूर्ण फिर्ता वार्ताको पूर्वशर्त हुने र ‘न्यायोचित शान्ति’ले मात्र युद्धको स्थायी अन्त्य गर्न सक्ने बताएका थिए ।

पृष्ठभूमि

“रूसले कुनै पनि सम्झौताबिना किएभले रूसले निगरानी जारी राख्नेछ,” विगतका धेरै सम्झौताहरूलाई सङ्केत गर्दै जेलेन्स्की र युक्रेनी उच्च पदस्थ अधिकारीको दावी रहेको छ ।

सन् २०२२ जुलाईमा मस्को र किएभले टर्की र संयुक्त राष्ट्रसङ्घसँग सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौताले युक्रेनलाई अनाज निर्यात गर्न ‘ब्ल्याक सी’मा रूसी नौसैनिक नाकावन्दीलाई बाइपास गर्न अनुमति दिएको थियो ।

क्रेमलिनले प्रतिबन्धको अन्त्य गर्ने राहतको मागलाई बेवास्ता गरिएको गुनासो गर्दै एकतर्फी रूपमा एक वर्षपछि सम्झौताको अन्त्य भएको घोषणा गरेको थियो।

फ्रान्स, जर्मनी, युक्रेन र रुसले बेलारूसको राजधानी मिन्स्कमा क्रेमलिन समर्थित पृथकतावादी शक्ति र किएभबीचको लडाइँ अन्त्यका लागि शान्ति सम्झौता गर्ने प्रयास गरेको एक दशकपछि म्युनिखमा यो साता वार्ता भएको हो ।

ती नाजुक सम्झौताहरूले रुसी समर्थित पृथकतावादीहरूलाई पूर्वी युक्रेनको ठूलो भूभागमा वास्तविक नियन्त्रण प्रदान गरेको थियो । यसले रूसलाई सन् २०२२ को पूर्णरूपमा आक्रमण सुरु गर्न आफ्नो सेना निर्माण गर्न समय दिएको थियो। एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register