दशरथ रङ्गशालामा ईस्पोर्ट्स च्याम्पियनसिप, ६ खेलमा प्रतिस्पर्धा चल्दै
काठमाडौं । दशरथ रङ्गशालास्थगित कभर्ड हलमा बिहीबारदेखि राष्ट्रिय ईस्पोर्ट्स च्याम्पियनसिप सुरु भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगितामा नेपालका उत्कृष्ट ईस्पोर्ट्स खेलाडीहरूले विभिन्न ६ वटा खेलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ई-फुटबल, पब्जी, मोबाइल लेजेन्ड्सः ब्यांग ब्यांग, डोटा टु र भ्यालोरेन्ट लगायतका खेल समावेश छन् । ई-फुटबलमा आठ टिम, पब्जीमा १६ टिम, मोबाइल लेजेन्ड्समा दुई टिम तथा डोटा टु र भ्यालोरेन्टमा चार-चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ई-स्पोर्ट्स संघ नेपाल (ईशान) ले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्...

What's Your Reaction?






