ट्रम्प, मोदीले रूढिवादी आन्दोलनलाई आकार दिइरहेका छन् – इटालियन प्रधानमन्त्री मेलोनी

काठमाडौं । इटालीकी प्रधानमन्त्री जर्जियो मेलोनीले वामपन्थीहरुको आलोचना गरेकी छन् । मेलोनीले शनिबार वाशिङ्गटन डीसीमा कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीपीएसी)लाई भिडिओ कन्फरेन्सिङमार्फत सम्बोधन गर्दै विश्व नेताहरुको चर्को आलोचना गरिन् । उनी भन्छिन्, “प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्जेन्टिनाका राष्ट्रपति जेभियर मेलीलगायत धेरै विश्व नेताहरूले नयाँ विश्वव्यापी रूढिवादी आन्दोलनलाई आकार दिइरहेका छन् ।” […]

Feb 23, 2025 - 11:06
 0
ट्रम्प, मोदीले रूढिवादी आन्दोलनलाई आकार दिइरहेका छन् – इटालियन प्रधानमन्त्री मेलोनी

काठमाडौं । इटालीकी प्रधानमन्त्री जर्जियो मेलोनीले वामपन्थीहरुको आलोचना गरेकी छन् ।

मेलोनीले शनिबार वाशिङ्गटन डीसीमा कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीपीएसी)लाई भिडिओ कन्फरेन्सिङमार्फत सम्बोधन गर्दै विश्व नेताहरुको चर्को आलोचना गरिन् ।

उनी भन्छिन्, “प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्जेन्टिनाका राष्ट्रपति जेभियर मेलीलगायत धेरै विश्व नेताहरूले नयाँ विश्वव्यापी रूढिवादी आन्दोलनलाई आकार दिइरहेका छन् ।”

कन्जरभेटिभहरूको समर्थनबाट वामपन्थीहरू निराश छन्, ट्रम्पको जितपछि वामपन्थीहरूको रिस उन्मादमा परिणत भएको मेलोनी बताउँछिन् ।

“यो केवल कन्जरभेटिभहरूले जितिरहेकाले मात्र होइन, तर उनीहरूले विश्वव्यापी स्तरमा सहकार्य गरिरहेकाले पनि हो ।” मेलोनी भन्छिन् ।

मेलोनीले वामपन्थीहरूको दोहोरो चरित्र देखाएको आरोप लगाइन् । उनले भनिन्, “जब विल क्लिन्टन र टोनी ब्लेयरले ९० को दशकमा विश्वव्यापी वाम-उदारवादी सञ्जाल सिर्जना गरे, तब उनीहरूलाई राजनीतिज्ञ भनिन्थ्यो । तर, आज जब डोनाल्ड ट्रम्प, मेलानी र माइली वा प्रधानमन्त्री मोदी बोल्छन्, उनीहरूलाई लोकतन्त्रको लागि खतरा भनिन्छ । यो वामपन्थीहरूको दोहोरो मापदण्ड हो ।”

मेलोनी भन्छिन्, “राम्रो कुरा के हो भने मानिसहरूले अब वामपन्थीहरूको झूटलाई विश्वास गर्दैनन् । ममाथि हिलो छ्यापे । तर, मानिसहरूले मलाई भोट दिइरहे । यो किनभने हामी हाम्रो देशलाई माया गर्छौं । हामी स्वतन्त्रताको पक्षमा छौं र हाम्रा सीमानाहरू सुरक्षित राख्न चाहन्छौं ।”

साथै, मेलोनीले युरोपमा सुरक्षा अब सर्वोच्च प्राथमिकता हो भन्ने चेतना बढ्दै गएको बताइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register