ह्वाइट हाउसले भन्यो – अमेरिकी जनता युक्रेनलाई पैसा दिँदा दिँदै थाकिसके
काठमाडौं । ह्वाइट हाउसले अमेरिकी जनता युक्रेनलाई पैसा दिँदा दिँदै ‘थाकिसकेका’ बताएको छ । ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै की प्रवक्ता क्यारोलिन लेभिटले भनिन्, “उनले (युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की) यस युद्धको व्यावहारिक वास्तविकतालाई स्वीकार गर्न अस्वीकार गरिरहेका छन् । यो युद्ध धेरै वर्षदेखि चलिरहेको छ, उनका जनता मरिरहेका छन् ।” “र, यो युद्धलाई आर्थिक […]

काठमाडौं । ह्वाइट हाउसले अमेरिकी जनता युक्रेनलाई पैसा दिँदा दिँदै ‘थाकिसकेका’ बताएको छ ।
ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै की प्रवक्ता क्यारोलिन लेभिटले भनिन्, “उनले (युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की) यस युद्धको व्यावहारिक वास्तविकतालाई स्वीकार गर्न अस्वीकार गरिरहेका छन् । यो युद्ध धेरै वर्षदेखि चलिरहेको छ, उनका जनता मरिरहेका छन् ।”
“र, यो युद्धलाई आर्थिक सहयोग गर्नेहरू अमेरिकी जनता बिल तिर्नबाट थाकेका छन्,” लेभिटले थपिन् ।
जेलेन्स्कीले अहिले आफूलाई सन् २०२२ मा युद्ध सुरु भएको भन्दा “धेरै फरक परिस्थिति”मा भेट्टाएको बताइन् ।
उनले भनिन्, “परिस्थिति जेलेन्स्कीको पक्षमा छैन, राष्ट्रपति ट्रम्पको पक्षमा छ । ट्रम्पको प्राथमिकता अघिल्लो अमेरिकी प्रशासन भन्दा फरक छ र उनी युद्धको अन्त्य चाहन्छन् । तर, जेलेन्स्की अहिले यो चाहन्छन् जस्तो लाग्दैन ।”
यसअघि शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच भएको भेटघाट चर्को बहसमा परिणत भएको थियो ।
यस बहसमा विश्वभरका नेताहरूले प्रतिक्रिया दिइरहेका छन् । यस मामिलामा अमेरिकाको विपक्षी डेमोक्र्याटिक पार्टीका धेरै नेताहरूले पनि राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई ‘दुर्व्यवहार’ गरेको आरोप लगाएका छन् ।
What's Your Reaction?






