खेल सुरु हुनुभन्दा एक घण्टाअघि नै रङ्गशाला भरिभराउ (तस्वीरहरू)

काठमाडौं । केपी ओली कप फुटबलको उपाधिका लागि मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुँदैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजेदेखि सुरु हुनेछ । खेल सुरु हुनुभन्दा एक घण्टाअगाडि नै  रङ्गशाला दर्शकले भरिभराउ भएको छ । प्रतियोगिताको प्रथम हुनेलाई रु १५ लाख ११ हजार एक सय ११ रुपैयाँ, द्वितीय हुनेलाई रु पाँच […]

Mar 3, 2025 - 11:18
 0
खेल सुरु हुनुभन्दा एक घण्टाअघि नै रङ्गशाला भरिभराउ (तस्वीरहरू)

काठमाडौं । केपी ओली कप फुटबलको उपाधिका लागि मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुँदैछन् ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजेदेखि सुरु हुनेछ । खेल सुरु हुनुभन्दा एक घण्टाअगाडि नै  रङ्गशाला दर्शकले भरिभराउ भएको छ ।

प्रतियोगिताको प्रथम हुनेलाई रु १५ लाख ११ हजार एक सय ११ रुपैयाँ, द्वितीय हुनेलाई रु पाँच लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै उत्कृष्ट खेलाडीलाई रु एक लाख, उत्कृष्ट गोलरक्षकलाई रु ५० हजार, उत्कृष्ट गोलकर्तालाई रु ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५० हजार, म्यान अफ द म्याचलाई रु १५ हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने बताइएको छ । 

हेरौँ, तस्वीरहरू – 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register