पाल्हीनन्दनका अध्यक्ष गुप्ता लागुऔषध कारोबारमा दोषी ठहर

काठमाडौं । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता लागुऔषध कारोबारमा दोषी ठहर भएका छन् । जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गुप्तासहित दुई जनालाई दोषी ठहर गरेको हो । कसुर ठहर हुने अर्का व्यक्ति गाउँपालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबी छन् । गुप्तासहित धोबीलाई कसुर ठहर भएपनि सजाय निर्धारणको लागि फागुन २९ गते पेसी तोकिएको […]

Mar 5, 2025 - 11:26
 0
पाल्हीनन्दनका अध्यक्ष गुप्ता लागुऔषध कारोबारमा दोषी ठहर

काठमाडौं । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता लागुऔषध कारोबारमा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गुप्तासहित दुई जनालाई दोषी ठहर गरेको हो । कसुर ठहर हुने अर्का व्यक्ति गाउँपालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबी छन् ।

गुप्तासहित धोबीलाई कसुर ठहर भएपनि सजाय निर्धारणको लागि फागुन २९ गते पेसी तोकिएको छ ।

विसं २०७९ असार २२ गते रामग्राम नगरपालिका–१७ पिपरिहयामा अध्यक्ष गुप्ताको निर्देशनमा रामा र जीतेन्द्रलाई फसाउन खोजिएको आरोप लागेको थियो । गुप्ताको निर्देशनमा रघुनाथप्रसाद धोबी र विवेकप्रसाद पाण्डेले रामा र जीतेन्द्र चढेको मोटरसाइकल नजिक लागुऔषध राखेर फसाउन खोजेको आरोप जितेन्द्रको परिवारले लगाएको थियो ।

बरामद भएको लागुऔषधमा ९० थान डाइजेपाम, नुर्फिन र फेनार्गनका एम्पुल रहेको उल्लेख छ ।

जितेन्द्र र रामा बिहारका बासिन्दा हुन् र सुनवल नगरपालिकामा कवाडी पसल सञ्चालन गर्दै आएका थिए । करिब एक करोड ३५ लाख रूपैयाँ बराबरको लेनदेन विवादकै कारण गुप्ताले उनीहरूलाई फसाउन खोजेको आरोपसमेत लागेको छ ।

लागुऔषध अभियोगमा २ देखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रूपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ ।

अध्यक्ष गुप्ता नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register