पाँच अध्यादेशका प्रतिस्थापन विधेयक फागुन २८ गते संसदमा पेस हुने

काठमाडौं । सरकारले ल्याएका ५ अध्यादेशका प्रतिस्थापन विधेयक  प्रतिनिधिसभामाको फागुन २८ को बैठकमा पेस हुने भएको छ । संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले फागुन २८ को बैठकमा अध्यादेशका प्रतिस्थापन विधेयक अघि बढ्ने जानकारी दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसहित पाँच प्रतिस्थापन […]

Mar 10, 2025 - 12:21
 0
पाँच अध्यादेशका प्रतिस्थापन विधेयक फागुन २८ गते संसदमा  पेस हुने

काठमाडौं । सरकारले ल्याएका ५ अध्यादेशका प्रतिस्थापन विधेयक  प्रतिनिधिसभामाको फागुन २८ को बैठकमा पेस हुने भएको छ । संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले फागुन २८ को बैठकमा अध्यादेशका प्रतिस्थापन विधेयक अघि बढ्ने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसहित पाँच प्रतिस्थापन विधेयक दर्ता गरेको हो । दर्ता भएका प्रतिस्थापन विधेयकमा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक,निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधनको प्रतिस्थापन विधेयक दर्ता भएको हो ।

यी विधेयकहरू अगाडि बढाउने विषयमा सोमबार प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा यी प्रतिस्थापन विधेयक अगाडि बढ्ने छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register