मिटरब्याज समस्या समाधान गर्न सरकारले तेस्रो पटक बनायो आयोग

काठमाडौं । सरकारले मिटरब्याजसम्बन्धी अध्ययन गर्न फेरि तीन सदस्यीय आयोग गठन गरेको छ । फागुन २६ गते बसेको मन्त्रिपरिषद्‌को बैठकले यस्तो निर्णय गरेको हो । सरकारले मिटरब्याज अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेस गर्न भन्दै आयोग बनाएको बताएको छ । अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेस गर्न बाबुराम रेग्मीको अध्यक्षतामा […]

Mar 12, 2025 - 12:01
 0
मिटरब्याज समस्या समाधान गर्न सरकारले तेस्रो पटक बनायो आयोग

काठमाडौं । सरकारले मिटरब्याजसम्बन्धी अध्ययन गर्न फेरि तीन सदस्यीय आयोग गठन गरेको छ ।

फागुन २६ गते बसेको मन्त्रिपरिषद्‌को बैठकले यस्तो निर्णय गरेको हो । सरकारले मिटरब्याज अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेस गर्न भन्दै आयोग बनाएको बताएको छ ।

अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेस गर्न बाबुराम रेग्मीको अध्यक्षतामा भरतबहादुर बोहोरा र बद्रीप्रसाद भट्टराई सदस्य रहेको ३ सदस्यीय अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग, २०८१ गठन गर्ने निर्णय गरिएको हो ।

सरकारले यस अगाडि पनि मिटरब्याज समस्या समाधान लागि भन्दै एकपटक कार्यदल र एकपटक आयोग बनाइसकेको छ ।

सरकारले २०८० को चैतमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको थियो । त्यस अगाडि २०७९ साउनमा गृहमन्त्रालयका सहसचिव भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । यो टोलीले प्रतिवेदन पनि बुझाएको थियो । तर, मिटरब्याज समस्या अझै समाधान भएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register