सवारी दुर्घटनामा एक जनाको मृत्यु

उदयपुर । सवारी दुर्घटनामा एक जनाको मृत्यु भएकाे छ । गत राति साढे ९ बजेको समयमा जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं ८ राजावास सरस्वती पुल स्थित मदन भण्डारी लोक मार्गमा गाईघाटबाट चुहाडे (पुर्व बाट पश्चिम) तर्फ रोकिरहेको प्रदेश २ -०१-००१त २३०१ नं को ट्याक्टरमा सोही दिसातर्फ जादै गरेको बा. ६४ प ५१७ नं को […]

Mar 14, 2025 - 08:10
 0
सवारी दुर्घटनामा एक जनाको मृत्यु

उदयपुर ।

सवारी दुर्घटनामा एक जनाको मृत्यु भएकाे छ ।

गत राति साढे ९ बजेको समयमा जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं ८ राजावास सरस्वती पुल स्थित मदन भण्डारी लोक मार्गमा गाईघाटबाट चुहाडे (पुर्व बाट पश्चिम) तर्फ रोकिरहेको प्रदेश २ -०१-००१त २३०१ नं को ट्याक्टरमा सोही दिसातर्फ जादै गरेको बा. ६४ प ५१७ नं को मोटरसाईकल पछाडि बाटठोक्किई दुर्घटना भएकाे हाे ।

मोटरसाईकल चालक जिल्ला उदयपुर त्रियुगा न.पा ७ भान्टावारी बस्ने अ वर्ष ३४ को भुवन राईको टाउकोमा गम्भीर चोट लागि उपचारको लागी जिल्ला अस्पताल उदयपुर ल्याएकोमा अस्पतालले मृत घोषणा गरेको छ ।

ट्याक्टर चालक जिल्ला उदयपुर, उदयपुरगढी गा.पा. ६ बस्ने अ वर्ष २५ को कुल बहादुर मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register