यौन व्यवसायलाई खुला गर्न माग गर्ने सांसद घिमिरेको संसद्‌मा क्षमायाचना

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आफ्नो अभिव्यक्तिप्रति माफी मागेका छन् । ‘यौन व्यवसयालाई खुला गरौँ’ भन्दै उनले चैत ३ गतेको संसद् बैठकमा बोलेका थिए । उनको उक्त अभिव्यक्तिको संसद् र पार्टीको बैठकमा चर्को आलोचना भएपछि घिमिरेले माफी मागेका हुन् । ‘चैत ३ गते संसद्को आकस्मिक समयमा राखेको विचार पार्टीको होइन । मेरो […]

Mar 19, 2025 - 05:35
 0
यौन व्यवसायलाई खुला गर्न माग गर्ने सांसद घिमिरेको संसद्‌मा क्षमायाचना

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आफ्नो अभिव्यक्तिप्रति माफी मागेका छन् ।

‘यौन व्यवसयालाई खुला गरौँ’ भन्दै उनले चैत ३ गतेको संसद् बैठकमा बोलेका थिए । उनको उक्त अभिव्यक्तिको संसद् र पार्टीको बैठकमा चर्को आलोचना भएपछि घिमिरेले माफी मागेका हुन् ।

‘चैत ३ गते संसद्को आकस्मिक समयमा राखेको विचार पार्टीको होइन । मेरो नितान्त व्यक्तिगत विचार हो । यो विचारले माननीय सदस्य तथा जनसमुदायमा नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै क्षमायाचना गर्न चाहन्छु,’ उनले भने ।

मङ्गलबार काङ्ग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले उनलाई माफी माग्न निर्देशन दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register