बाबुराम भट्टराई भन्छन् – नेपालको समस्या नै तीन टाउकारुपी वैद्य हुन्

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले देशको समस्या समाधान गर्न विशेष शल्यक्रियाको आवश्यकता रहेको बताएका छन् । उनले नेपालको समस्या तीन ठूला देशका प्रमुख भएको बताए । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सङ्केत गर्दै भट्टराईले यस्तो बताएका […]

Mar 19, 2025 - 09:32
 0
बाबुराम भट्टराई भन्छन् – नेपालको समस्या नै तीन टाउकारुपी वैद्य हुन्

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले देशको समस्या समाधान गर्न विशेष शल्यक्रियाको आवश्यकता रहेको बताएका छन् ।

उनले नेपालको समस्या तीन ठूला देशका प्रमुख भएको बताए ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सङ्केत गर्दै भट्टराईले यस्तो बताएका हुन् ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको वकालत गर्दै पार्टीले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै उनले भने, “नेपालको जुन समस्या छ । त्यो भनेको यी तीन टाउकारुपी वैद्य हुन् । जो पालैपालो ११ पटक सरकारमा बसिसके । उनीहरु ५० चोटी दोहोरिए पनि देशको समस्या समाधान हुनेछैन । झन् बढ्छ । त्यसकारण नेपाललाई आधुनिक खालको शल्यक्रिया आवश्यक छ ।”

उनले पूर्वराजा पक्षधरको गतिविधिमा महत्व दिन नहुने पनि बताएका छन् । उनले भने, “फेरि उही निरङकुश राजतन्त्र आवश्यक छैन । म त्यसलाई महत्व दिन्नँ । अरुले यसलाई धेरै बढाइचढाई गरिरहेका छन् ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register