रुस र युक्रेनबीच ‘ब्ल्याक सी’मा नौसैनिक युद्धविराम सहमति

एजेन्सी । साउदी अरबमा तीन दिनसम्म चलेको शान्ति वार्तापछि अमेरिकाले रुस र युक्रेन दुवै पक्षलाई ब्लाक सीमा नौसैनिक युद्धविराम गर्ने सहमति दिएको जनाएको छ। वासिङ्टनले एक विज्ञप्ति जारी गर्दै सबै पक्षले दीर्घकालीन र स्थायी शान्तिको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ। अमेरिकी अधिकारीहरूका अनुसार, रुस र युक्रेनले आफ्नो ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने प्रतिबद्धता […]

Mar 26, 2025 - 01:11
 0
रुस र युक्रेनबीच ‘ब्ल्याक सी’मा नौसैनिक युद्धविराम सहमति

एजेन्सी । साउदी अरबमा तीन दिनसम्म चलेको शान्ति वार्तापछि अमेरिकाले रुस र युक्रेन दुवै पक्षलाई ब्लाक सीमा नौसैनिक युद्धविराम गर्ने सहमति दिएको जनाएको छ। वासिङ्टनले एक विज्ञप्ति जारी गर्दै सबै पक्षले दीर्घकालीन र स्थायी शान्तिको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार, रुस र युक्रेनले आफ्नो ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने प्रतिबद्धता गरेका छन् । तथापि, रुसले आफ्नो खाद्य र मल व्यापारमा लगाइएका धेरै प्रतिबन्धहरू हटाइए पछि मात्रै युद्धविराम लागू हुने जनाएको छ।

वार्ता प्रक्रियामा अमेरिकी अधिकारीहरूले मस्को र कीभका प्रतिनिधिहरूसँग रियादमा गरेको छुट्टाछुट्टै वार्ताका क्रममा  युद्धविरामको सम्झौता भएको थियो ।

तर, वासिङ्टनको घोषणापछि क्रेमलिनले रुसको खाद्य र मल व्यापारसँग सम्बन्धित प्रतिबन्धहरू हटाइने बेलामा मात्रै युद्धविराम लागू हुने जनाएको छ ।

मस्को आफ्ना प्रतिबद्धताबाट पछि हटेमा युक्रेनले थप प्रतिबन्ध र अमेरिकाबाट थप सैन्य सहयोगको माग गर्ने जेलेन्स्कीले जनाएको बीबीसीले जनाएको छ ।

यस सम्झौताबाट यदि कुनै पनि पक्षले आफ्नो प्रतिबद्धता पूरा नगरेको खण्डमा युक्रेनले आत्मरक्षाको अधिकार प्रयोग गर्ने चेतावनी दिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register