गणेश थापालाई कारबाहीका लागि पत्राचार गर्ने एन्फाको निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पूर्वअध्यक्ष गणेश थापालाई कारबाही गर्ने निर्णय गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार र मङ्गलबार बसेको एन्फा कार्यसमिति बैठकको निर्णय सार्वजनिक गर्दै थापालाई कारबाही गर्ने निर्णय गरेको हो । बुधबार सार्वजनिक गरिएको १५ निर्णयमध्ये अन्तिम बुँदामा थापालाई कारबाही गर्न पत्राचार गर्ने उल्लेख गरिएको छ । “विविध विषयहरुमा विभिन्न […]

Mar 26, 2025 - 08:08
 0
गणेश थापालाई कारबाहीका लागि पत्राचार गर्ने एन्फाको निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पूर्वअध्यक्ष गणेश थापालाई कारबाही गर्ने निर्णय गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार र मङ्गलबार बसेको एन्फा कार्यसमिति बैठकको निर्णय सार्वजनिक गर्दै थापालाई कारबाही गर्ने निर्णय गरेको हो ।

बुधबार सार्वजनिक गरिएको १५ निर्णयमध्ये अन्तिम बुँदामा थापालाई कारबाही गर्न पत्राचार गर्ने उल्लेख गरिएको छ ।

“विविध विषयहरुमा विभिन्न दैनिक प्रशासनिक निर्णयहरु गर्दै सङ्घका पदाधिकारीहरुको विशेष प्रस्तावमा फिफाबाट प्रतिन्धित पूर्व अध्यक्ष गणेश थापासम्बन्धी विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लङघन र अन्य गतिविधिहरुलाई आवश्यक अनुसन्धान तथा छानबिन गरि कारबाहीको लागि फिफा, एएफसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा सङ्घको न्यायिक निकायहरुमा आवश्यकता अनुसार पत्राचार गर्ने र सङ्घका वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्कालगायत अन्य व्यक्ति उपर गम्भीर प्रकृतिका उजुरीलाई सम्बिन्धित निकायमा छानबिन गरि निर्णयका लागि पत्राचार गर्ने निर्णय गरियो,” सो बुँदामा लेखिएको छ ।

सन् २००९ र २०११ मा भएको फिफाको कार्यकारी समितिको निर्वाचनका क्रममा थापाले घुस लिएको फिफाको स्वतन्त्र आचार समितिअन्तर्गत न्यायिक निकायको बैठकले ठहर गरेको थियो ।

त्यसपछि उनलाई विं सं २०७२ कात्तिकमा फिफाले कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी १० वर्षका लागि प्रतिबन्ध लगाउनुको साथै २१ लाख रुपैयाँ जरिवाना गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register